नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टि २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई ५० लाख रुपियाँले पुरस्कृत गर्ने भएको छ ।
जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।
इंगल्याण्डमा रहेको नेपाल रन यूके क्लबले आइतबार लण्डनस्थित नर्थला पार्कमा “नर्थल्ट १० के” दौड कार्यक्रम आयोजना गरेको छ ।
समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारी कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जानेभएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित केशलीया नदीको तटबन्धसँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ ।
घरको पिँढीबाट लडेर घाइते हुनुभएका गोरखाका एक जना वृद्धको मृत्यु भएको छ । गोरखा सिरानचोक गाउँपालिका –८ माथिल्लो फिनाम बस्ने वर्ष ६८ का भिमु गुरुङको मृत्यु भएको हो ।
दोस्रो नेपालभाषा मंकाःखल राष्ट्रिय र्यापिड रेटिङ प्रतियोगिताको पहिलो दिन नेपाल च्याम्पियन रौतहटका रुपेश जैसवालसहित पाँच खेलाडीले चार खेल जितेर शीर्ष स्थान बनाउनुभएको छ । उहाँले शैलेश श्रेष्ठ, अशोक मोहन श्रेष्ठ, जनार्दन श्रेष्ठ र सुरज महर्जनलाई हराएर चार अङ्क बनाउनुभयो ।
गत मङ्गलरबादेखि सुरु भएको पुष्प मेलामा एक करोड १७ लाख रुपियाँको कारोबार भएको छ ।
नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । देउसी–भैलो, फूल बत्ती र सेलरोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा अहिले मौलिकता हराउँदै गएको छ ।
सशस्त्र प्रहरी बल नेपालले ‘डिजास्टर रिलिफ सिस्टम’ का पाँच वटा कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । गत शुक्रबार जाजरकोटको बारेकोट रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावित सोही जिल्ला र रुकुम पश्चिमका नागरिकको राहतका लागि कन्टेनर शनिबार सशस्त्र प्रहरीले पठाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिक्तामा राख्न निर्देशन दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
दोलखाका सबै स्थानीय तहले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । सोमबार जिल्ला समन्वय समिति दोलखाको कार्यालयमा बसेको गाउँ तथा नगरप्रमुखको बैठकले २० लाख रुपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।