डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ।
जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ । चार महिनासम्म जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सञ्चालनगरी यहाँका महिलालाई जलबायु परिवर्तनले हुने विभिन्न परिस्थितिमा कसरी तरकारी खेती उत्पादन गर्न सकिन्छ भन्नेबारे सिकाइएको छ ।
नेपाली सेनाको वीरदल गण रौतहटको अगुवाईमा शनिबार आयोजित स्वास्थ्य शिविरमा आठ सयभन्दा बढी बिरामीले उपचार गराएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा रहेको शिवशक्ति आधारभूत आवासीय विद्यालय मोतिपुरमा सञ्चालित स्वास्थ्य शिविरमा विरामीले निःशुल्क उपचार पाएका हुन् ।
शनिबार अपरान्ह्पछि भारी वर्षाका कारण काठमाडौँ न्यूप्लाजा क्षेत्रको जलमग्न सडक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नेतृत्व गर्नेले नै प्रतिबद्धता विपरितको काम गरेकोपछि सरकारबाट बहिरिएको बताउनुभएको छ।
पौडी खेल्नेक्रममा एक जना युवा नदीमा बेपत्ता भएका छन् । जिल्लाको रामपुर–४, कोप्चेघाँटस्थित कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा भारत घरभई हाल रामपुर –५, बेझाडस्थित एडइक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षका अभिषेक राउत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण घट्दैगएको छ । चैत अन्तिमदेखि उकालो लागेको सङ्क्रमण दर वैशाख दोस्रो साताबाट ओरालो लागेको हो । सङ्क्रमण घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्बम लोकापर्ण गरिएको छ। उहाँका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिबार आयोजित समारोहमा उक्त एल्बम सार्वजनिक गर्नुभएको हो।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
रुपन्देहीमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो।
भारी वर्षाका कारण शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेल स्थगित भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेश डोरीतान सङ्घको भेलाले युवराज अधिकारीको अध्यक्षतामा समिति गठन गरेको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सम्पन्न भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।