रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि भेरी नगरपालिका वडा नम्बर ३ थाप्लेकी लालसरी बुढाथोकीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुई वर्षअघि पति र एक बर्सअघि छोरा गुमाएकी लालसरी तेस्रो वर्ष घर भत्केपछि थप पिँडामा पर्नुभएको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हुनुपर्दो रहेछ स्मृति उद्यान ढकमक्क फुलेको । मगमगाउँदो बन्दो रैछ बगैँचा ! सम्झनाको सुवासिलो ! सुवासले महकिँदो मस्तिष्कको बारी वरिपरि गम्किँदो हुन्छ । स्वानुभूति आफ्नै । पैँचोवारि गर्नुपर्दो हुन्न ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प लाहानबाट खटिएको टोलीले हतियारसहित तीन युवकलाई सोमबार बेलुका लहानबाट पक्राउ गरेको छ ।
जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार) नमुना विद्यालयको एक करोडभन्दा बढी रुपियाँ रोक्का रहेपछि समस्या उत्पन्न भएको छ । नमुना विद्यालय सुधार गुरुयोजना अनुरूप भौतिक निर्माण अनुदान रकम ५० ला
बागलुङमा गत वर्षदेखि निर्माण थालिएको बिपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ ।
कक्षा १२ मा अध्ययनरत १८ वर्षीया प्रतिभा कुमारी सहनी विदेह नगरपालिकाको नगरप्रमुख बन्नुभएको छ ।
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो ।
जाडो मौसम लागेसँगै मधेशका महिला गुइँठा बनाउन व्यस्त देखिन्छन् । अग्निसाइर कृष्णसवरण–५, छपककी सुनिता राय भन्नुहुन्छ, “गुइँठा बालेर हामी खाना पकाउँछौँ । गर्मी मौसममा लामखुट्टे भगाउन, जाडोको बेला घर तथा गोठ न्यानो राख्न, हवन गर्न गुइँठा चाहिन्छ नै ।”
सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा बिरामीले निःशुल्क औषधि पाउने फार्मेसी औषधि नभएर रित्तिएको छ । स्वास्थ्य बिमा गरेका बिरामीलाई निःशुल्क औषधि प्रदान गर्न राखिएको औषधि पसलमा अहिले कुनै पनि औषधि छैनन् ।
दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिन्चोकको कुरीमा अतिक्रमण गरी बनेका संरचनाको विषयमा १४२ जनाले लिखित जवाफ पेस गरेका छन् ।
यहाँ भूकम्पबाट पाँच सय २६ घर क्षतिग्रस्त भएका छन्। गत शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट सल्यानमा पनि सयौँ घर क्षतिग्रस्त भएको हो ।