भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्ले दश लाख सहयोग गरेको छ । प्रज्ञापरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रहरीले लागू औषधसहित छुट्टा–छुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
तीस महिनाभित्र कालोपत्रे गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूले भूकम्प प्रभावितहरूको राहतका लागि सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले संयोग गर्ने निर्णय गरेको हो ।
नेपालमा ९० प्रतिशत मानसिक रोगीहरूले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरूले बताएका छन् ।
नेपाली कांग्रेसको पूर्व निर्धारित महासमिति बैठकको मिति पुनः सरेको छ ।
सरकारले पूरा रकम निकासा नगर्दा सर्लाहीका उखु किसानले अझै गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम पाउन सकेका छैनन् । प्रमुख दोस्रो ठुलो चाड तिहारमा समेत किसानले उखुको अनुदान रकम नपाउने पक्का भएको छ ।
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापना कार्य प्रदेश तथा स्थानीय सरकारको नेतृत्वमा गर्न सरकारलाई सुझाव दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको बेला कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ । भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज भूकम्प गएको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरूसँगको छलफलमा सो आग्रह गर्नुभएको हो ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् ।
तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविन रहनुभएको छ ।
यही कात्तिक १७ गते शुक्रबारको मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर आएको ६ं.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोटका टीकाराम परियार घर बाहिर नै थिए ।