पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहनुभएका कलाकार प्रकाश घिमिरेलाई आइसियुबाट न्युरो वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा राम्रो सुधार भएका कारण उहाँलाई वार्डमा सारिएको हो । वार्डमा सारिएका उहाँले भेट्न पुग्नेसँग खुलेर दोहोरो कुराकानी गर्न थाल्नुभएको छ ।
पोखरामा मङ्गलबार पुलको इतिहासदेखि वर्तमानसम्मलाई लिएर फोटो प्रदर्शनी आयोजना गरिएको छ । १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएको उपलक्ष्यमा प्रदर्शनी आयोजना गरिएको हो । पोखराको फेवाताल किनारमा राखिएका पुलका फोटोले नेपालको भौगोलिकता र विकटतालाई समेत प्रतिविम्बित गरेको छ । पूर्वाधार विकास निर्देशनालय र झोलुङ्गे पुल सहयोग एकाइ हेल्भेटास नेपालको सहयोगमा आयोजना गरिएको फोटोलाई स्वदेशी एवं विदेशी पर्यटकले रुचिसाथ अवलोकन गरेका छन् ।
‘मिसेस वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आउनुभएको छ । उहाँ बुधबार हुने ‘मिसेस नेपाल २०२३’ को फाइनलमा सहभागी हुन काठमाडौँ आउनुभएको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताउनुभयो । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । धार्मिक हिसाबले पनि पुण्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्ने छु,” उहाँले भन्नुभयो ।
हाल अमेरिकामा बस्दै आउनुभएका युवा कथाकार कृष्ण कुसुमको नवीनतम कथासङ्ग्रह ‘पाश्र्वधुन’ को एक समारोहबिच लोकार्पण गरिएको छ ।
दुई विशाल अर्थतन्त्र र बजारले घेरिएको नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न प्रयासरत छ । उच्च आर्थिक वृद्धिदर हासिल नगरी त्यो लक्ष्यमा पुग्न सकिँदैन । आर्थिक वृद्धिका लागि उत्पादन चाहिन्छ, उत्पादनका लागि लगानी विस्तार तर पर्याप्त लगानीका निम्ति राष्ट्रिय क्षमता पर्याप्त छैन । लगानी जुटाउन सरकारले तीनखम्बे अर्थनीति अँगालेको छ, स्वदेशी लगानीले मात्र नपुग्ने हुँदा विदेशी लगानी आह्वान र प्रोत्साहनका नीति अख्तियार गरेको छ । आह्वान गरेर
फ्रेड रिग्सले सन् १९६२ मा सार्वजनिक ‘प्रशासनको पर्यावरण’ सिद्धान्त प्रस्तुत गर्ने क्रममा भनेका थिए कि प्रशासनले कुनै पनि मुलुकको निश्चित अवधिमा सांस्कृतिक, मनोवैज्ञानिक र आर्थिक शक्तिबिच हुने अन्तव्रिर्mयालाई प्रतिनिधित्व गर्दछ । पर्यावरण सिद्धान्तले प्रशासनलाई समाजको स्थूल प्रणालीको उपप्रणाली मान्छ । पर्यावरण
अपाङ्गता भएका व्यक्तिहरूका अधिकार संरक्षण गर्नका लागि संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १३, २००६ मा महासन्धि जारी गरी मार्च ३०, २००७ मा हस्ताक्षरका लागि खुला गरेको थियो । महासन्धिको अनुमोदन गर्ने राष्ट्रहरू हाल १८२ रहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी स्वेच्छिक प्रोटोकल पनि छ । महासन्धिमा ८ वटा सिद्धान्त र ५० वटा धारा छन् । नेपालले मे ७, २०१० मा महासन्धिको अनुमोदन गरी अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण र संवर्र्धन लागि नीति, ऐन, कानुन, निर्देशिका, योजना र कार्यक्रममा जोड दिँदै आएको छ ।
कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।
मुगुका मुख्य पर्यटकीय गाउँमा विदेशी पर्यटक किसानसँग रमाउन थालेका छन् । असोजलगत्तै मुगुको झ्यारी गाउँ, मुर्मा गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय कृष्ण रावलले बताउनुभयो । मुगु घुम्न आएका विदेशी पर्यटक आजभोलि रारातालमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरूको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । सहरको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्य र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डमा सोमबार दुधसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । डेरी उद्योगीले दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण किसानलाई भुक्तानी दिन नसकेकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए ।
१. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको चार दिने भ्रमणका क्रममा कहिले काठमाडौँ आएका हुन् ? विसं २०८० कात्तिक १२ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा विसं २०८० कात्तिक १४ (सन् २०२३ अक्टोबर ३१) मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन भएको । – संसद्मा गुटेर्रेसले जलवायु परिवर्तनविरुद्ध नेपालको सङ्घर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका । – त्यस्तै नेपालको शान्ति प्रक्रिया अन्तर्गत बाँकी रहेको सङ्व्रmम
अन्तर्राष्ट्रिय विकास सहायता परिचालन ढाँचा १. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन सम्बन्धमा नेपालका राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रहरू उल्लेख गर्दै नेपालले तय गरेको सहायता परिचालन ढाँचा प्रस्तुत गर्नुहोस् । अल्पविकसित मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि विकसित मुलुकले उपलब्ध गराउने वित्तीय, वस्तुगत तथा प्राविधिक सहायतालाई अन्तर्राष्ट्रिय विकास सहायता भनिन्छ । यस्तो सहायता दक्षिण–दक्षिण