चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उहाँको यस्तो धारणा आएको हो ।
मुलुकको सबैभन्दा ठुलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अष्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट वञ्चित भएका छन् ।
म्याग्दीमा एआरटी सेबा सुरु भएपछि आठ जना नागरिकको एचआइभी तथा एड्स सङ्क्रमणबाट मृत्यु भएको छ । वि.सं २०७१ बाट एचआइभी तथा एड्स एन्टीरेट्रोभाइरल थेरापी(एआरटी) सेन्टर सुरु भएपछि हालसम्म आठ जनाको मृत्यु भएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने म्याद पुनः थप गरेको छ ।
बिचौलियाका कारण आफूहरू मारमा परेको भन्दै नवलपुरका किसान आन्दोलित भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ का काँक्रो किसानले आन्दोलन सुरु गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बिचौलियाहरूका कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू हुन समस्या भएको बताउनुभएको छ ।
मनकामना देवी र सहोदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनहुँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यकारुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
पछिल्लो समय पाल्पाका किसान फूल खेतीमा आकर्षित भएका छन् । कम मिहिनेतमा पनि राम्रो बजार पाएपछि यहाँका किसान फूल खेतीमा आकर्षित भएका हुन् ।
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन अभियान थाल्नुभएको छ । “कारागारमा पुस्तक अभियान” मार्फत गिरीले अहिले विभिन्न निकायबाट पुस्तक सङ्कलन गरिरहनुभएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरू स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।
घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले तिहारको समयमा पनि सोचअनुसारको व्यवसाय चल्न नसकेको वादीले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले पटाका नपड्काउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहनुभएका भूकम्पका घाइतेलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।