बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् ।
किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो।
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ र २ मा निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार महिला तथा बालबालिका लाभान्वित भएका छन् । वडा नं. २ जुँगुस्थित नीलकण्ठेश्वर माध्यमिक
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्क अनुसार बाजुरामा १० माघ २०७९ मा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । तथापि जाजरकोट भूकम्पले मानवीय क्षति बढी भएको छ ।
जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ ।
यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको अतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरू पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।
सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको खम्बागाडेदेखि मायातालसम्मको क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिएको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोजनालाई २३ किलोमिटर सडकखण्ड अन्तर्गतका रुख कटानको अनुमति दिएको हो ।
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वालिङ नगरपालिकाले सहज स्वास्थ्य सेवा प्रवाह गर्नका लागि एकै पटक १२ वटा आधुनिक भवन निर्माण गरेको छ । चार वटा प्रतिभवन दुई करोड १४ लाख रुपियाँ, दुई वटा ४७/४७ लाख रुपियाँ र छ वटा भवन २८/२८ रुपियाँ गरी ११ करोड १८ लाख लागतमा सङ्घीय सरकारको अनुदानमा आधुनिक भवन निर्माण सम्पन्न गरिएको हो ।
दार्मा गाउँपालिका-२ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराइ जस्तै लागेको छ । घर भित्र जाऊ भत्किएला भन्ने डर , नजाऊ अन्नपात देखि लत्ताकपडा भित्र छन् । घरपरिवारलाई के खुवाउने । आज आएर आफ्नै घर दुस्मन जस्तै भएको छ ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको बताउनु भएको छ ।
बैतडीको पूर्वी क्षेत्रमा रहेको सिगास गाउँपालिका प्राकृतिक रूपमा रमणीय र हरियाली वनजङ्गलले घेरिएको गाउँपालिका हो । पूर्वमा डोटीको आदर्श गाउँपालिका, बझाङको केरादस्यु गाउँपालिका, पश्चिम बैतडीको सुर्नया गाउँपालिका, पाटन नगरपालिका तथा उत्तरमा बझाङको वित्थडचिर र दक्षिण डडेलधुराको नवदुर्गा गाउँपालिका रहेको छ । २४५.४४ वर्ग किमी क्षेत्रमा फैलिएको सिगास गाउँपालिकाको कुल जनसङ्ख्या २१ हजार ५१० रहेको छ । समुद्र सतहदेखि २२४९ मिटर उचाइमा रहेको यस गाउँपालिकाको केन्द्र गर्जेमा रहेको छ । स्थानीय तहको पुनर्संरचना हुँदा साबिकका सिगास, गाँजरी, ढुङ्गाड, थालाकाँडा, शिवलिङ,
लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा स्थायी संरचना निर्माण कार्यले गति लिएको छ । अहिले लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षालयको संरचना प्रयोग गरेर प्रशासनिक कामकाज भइरहेको छ । दुई वर्षको अन्तरालमा प्रदेश सरकारले स्थायी संरचनाबाटै आफ्नो कामकाज सुरु गर्ने लक्ष्य बनाएको छ । गत वर्ष मङ्सिर १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी सारिएको थियो ।
जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ ।
सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापनाको नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ ।