बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणागरी काम गरिने बताउनुभएको छ।
गत शुक्रबार राति आएको भूकम्पमा परेर घाइतेहरूको उपचारका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठुलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाले कात्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरूका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि लैङ्गिक हिंसामा कमी आएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाले पूर्णता पाउने भएको हो ।
नेपालले एएफसी एसिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्धको पहिलो लिगका लागि तयारी थालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको राहत वितरणका लागि उनीहरूको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताउनुभएको छ ।