तिहार नजिकिँदै गर्दा चेकजाँच र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको चितवन प्रहरीले रत्ननगर १५ माधवपुर र भरतपुर २८ बाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
दोदा जलाधार क्षेत्रका सबै १० स्थानीय सरकारहरूबिच विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तरस्थानीय तहस्तरीय संयन्त्रमार्फत सम्बोधन गर्न दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको छ ।
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प नेपालको २०७२ सालपछिको ठूलो भूकम्प हो ।
सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताउनुभएको छ । उहाँले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताउनुभएको हो ।
आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नु भएको छ ।
कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल, कटुवा पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल) भैरहवामा एक महिनादेखि जारी विद्यार्थी आन्दोलन सहमतिमा टुङ्गिएको छ ।
नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो ।
अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ ।
गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूूलमाला बिक्री वितरणमा रोक लाएको थियो ।
पाल्पामा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यो वर्ष पाल्पामा धान उत्पादन घटेको हो । धान खेती गर्ने क्षेत्रफल घटेका कारण यो वर्ष उत्पादनमा समेत असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
बैजनाथ गाउँपालिका–२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने क्रममा मङ्गलबार बिहान पौन ३ बजेको समयमा थ्रेसर मेसिनमा परी दाहिने हात चुँडिएको वडा नं २ का वडा अध्यक्ष राजु रुचालले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण राहतको पर्खाइमा बसेका छन् । जाजरकोटमा आएको राहत सामग्री वितरण गरिए पनि राहत नपाएपछि भूकम्पपीडित पर्खेर बसेका हुन् ।
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्र नपुगी फर्केका छन् ।