राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट घाइते भएकाको प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ ।
उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।
जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई बुधबार स्वदेश फर्कनु भएको छ ।
गुल्मीदरबार गाउँपालिकाले भूकम्पपीडितलाई एक लाख रुपियाँ सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि एक लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ ।
नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि तीन हप्ता पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्री विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताउनुभएको छ ।
नेपाल–सुआहारा २ “गुड न्युट्रिसन” परियोजनामार्फत पोषणमा युएसएआईडीले गरेको लगानीको परिणामस्वरूप नेपालमा आमा र बालबालिकाको पोषणको अवस्थामा सुधार आएको छ ।
केही वर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ-गाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।
नेपाल च्याम्पियन फिडेमास्टर (एफएम) रुपेश जैसवाल र श्रीलङ्काकी महिला इन्टरनेसनल मास्टर्स (डब्लुआइएम) सचिनि रनासिंघेले दोस्रो नेपालभाषा मंकाःखलःराष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासङ्घले राहत उपलब्ध गराउने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने मुख्य सिजन भनेको चाडपर्वको समय हो । यस्तो बेला पर्यटकीयस्थलको प्रचार प्रसार र व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ ।
इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।