टीकापुर अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट पित्त थैलीमा भएको पत्थरीको शल्यक्रिया सेवा र कल्चर सेवा सुरु भएको छ । टीकापुर नगरपालिका–२ की रमिता चौधरीको पित्तथैलीको पत्थरीको पहिलो शल्यक्रिया भएको छ । ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिएपछि बिरामीलाई हुने दुखाइ, घाउको आकार घटाएको र बिरामीको अस्पताल बसाइ छोट्याएको छ ।
भूकम्पको उच्च जोखिम रहेको सुदूरपश्चिममा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने खालको नीति, नियम तथा कार्यक्रम बनाउन प्रदेश सरकार र प्रदेश सभा सदस्यलाई विज्ञहरूले सुझाव दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा धनगढीमा आयोजित ‘जोखिम सुसूचित सार्वजनिक नीति तय गर्न सांसदको भूमिका’ विषयक कार्यक्रममा उहाँहरूले जोखिम न्यूनीकरण गर्ने नीति, नियम र कार्यक्रम बनाउन सल्लाह दिनुभएको हो ।
“बानेगाउँ बहाडीडाँडा, खाउँ भन्या पानी नाइँ । हात समाई साइ सक्नेनाइ जाउँ भन्या बानीलाई ।। ” माथि उल्लेखित देउडा गीत बाजुराको बानेगाउँको समस्याप्रति लक्षित छ । बार्जुकोट भुक्तोली दसैँमा जिल्लाका विभिन्न गाउँबाट मेला हेर्न आउने छो¥याट्टा (केटा), छो¥याट्टी (केटी) ले देउडा खेल्ने बेला बानेगाउँलाई सम्झने गर्छन् ।
विद्यार्थीकालदेखि राजनीतिमा होमिनुभएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सिद्धहस्त लेखक–विश्लेषकका रुपमा पनि स्थापित छ । झर्रो र उखान–टुक्काको शैलीका अभिव्यक्तिका साथ खरो राजनीतिक टिप्पणीकारका रुपमा चिनिने उहाँ नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
सरकारले निर्यातलाई प्रोत्साहन गर्ने र आयातलाई विस्थापित गर्ने नीति बनाएर काम गरिरहेको छ तर यहाँस्थित नेपाल–भारत नाकाबाट निर्यात कम र आयात बढी हुँदै आएको छ । सो क्रममा चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा मात्रै यो नाकाबाट दुई हजार २६६ मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले भेट्नु भएको छ ।
शैक्षिक संस्थाहरू नितान्त ज्ञान केन्द्रित हुन् । उच्च शिक्षाप्रदायक विश्वविद्यालयहरू त झन् मुलुकलाई आवश्यक बहुआयामिक ज्ञानयुक्त जनशक्ति उत्पादक प्राज्ञिक थलो हुन् । मुलुकलाई स्वदेशी आवश्यक जनशक्ति स्वदेशमै तयार पार्न विसं. २०१६ मा पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापना गरिएको थियो । यही
विसं २०८०, कात्तिक १७ गते अर्थात् नोभेम्बर ३ तारिक २०२३ शुक्रबार पश्चिम नेपाल (जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर) गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ३५ हजार मानिस घरबार बिहीन भएका छन्, १७ हजार सात सय घर पूर्ण रूपमा भत्केका र १७ हजार पाँच सय घर आंशिक रूपमा चर्केकाले बस्न नमिल्ने भएका छन् । शुक्रबारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको छ, तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् भने २६४ जना घाइते भएका छन् । त्यस भूकम्पपछि मात्रै कर्णालीमा हालसम्म चार म्याग्निच्युडभन्दा माथिका नौ वटा पराकम्प गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका संस्थापक सुवर्णशमशेर एक असल उदार राजनीतिज्ञ मात्र होइन प्रजातन्त्र र मानव अधिकारप्रति पूर्ण रूपमा समर्पित एक योद्धा हुनुहुन्थ्यो । राणा कुलमा जन्मिएर पनि जनअधिकारप्रति सजग प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध एक इमानदार व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नै पारिवारिक राणा शासकको कोपभाजनमा परी कलकत्ता (भारत) प्रवासमा जानु परेको थियो । कलकत्तामै नेपालमा प्रजातन्त्र स्थापनार्थ २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गर्नुभयो । उता बनारसमा २००३ सालमै बिपी कोइरालाको नेतृत्वमा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गरी सक्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद्का दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले हरतरहको प्रयास गरेको बताउनु भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
ललितपुर पाटन दरबारटोलस्थित जीर्ण अवस्थामा रहेको इलाका हुलाक कार्यालय भवन ।
नेपाल र युरोपेली सङ्घ (इयु) ले आगामी वर्ष नेपालमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सव मनाउँदै छ । लामो द्विपक्षीय सम्बन्धको इतिहासबाट वर्तमान र भविष्यको साझेदारीको सुन्दर गोरेटो निर्माण गर्ने पथमा यात्रारत छ । सङ्घले मानव अधिकारको विषयलाई आफ्ना सबै साझेदारीको प्रमुख बिन्दु मानेको छ । इयु–नेपाल सम्बन्धको यो यात्रामा सङ्घको नेपालप्रतिको दृष्टिकोण कस्तो रहेको छ र भविष्यमा साझेदारी कसरी अगाडि बढ्छ ? यो समग्र युरोप र नेपालको पनि चासोको विषय हो । यसै सेरोफेरोमा गोरखापत्र संस्थानका प्रकाशन गोरखापत्र दैनिकका तर्फबाट चाँदनी हमाल र द राइजिङ नेपालका तर्फबाट आशिष मिश्रले सङ्घ
कान्तिको उद्घमथलो रोल्पाको थबाङ गाउँपालिका १ र २ स्थित थबाङ गाउँ ।
जाजरकोट भूकम्पबाट प्रभावित दुर्गम स्थलहरूमा राहतस्वरूप खाद्यान्न पठाउन सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले बुधबारदेखि दुर्गम स्थलमा खाद्यान्न पठाउन सुरु गरेको हो । दुर्गम भए पनि गाडी जाने ठाउँमा ट्याक्टरबाट र सडक नपुगेका स्थानमा हेलिकोप्टरबाट पठाउन थालिएको हो ।