सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको बताउनु भएको छ । दाङको बंगलाचूली आज (बिहीबार)बाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।
अघिल्ला दुई दिनको तुलनामा आज (बिहीबार) भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो ।
छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ ।
बाँकेको खजुरा गाउँपालिका –२ ‘ए गाउँ’ का अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरी टमाटर भए पनि गोदाम पनि भरिएको छ । बजारमुल्य नपाएपछि खत्रीले टमाटर फालेर विरोध गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा एमालेको जित नभए पनि दुःखी भैहाल्ने अवस्था नरहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा एमालेको अभियान ‘मिशन ग्रासरुट’ सम्बन्धी प्रादेशिक कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आउनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । सम्पन्न उपनिर्वाचनमा एमाले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नुपर्ने कुनै अवस्था नरहेको उहाँको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौंथो चिया महोत्सव सुरु भएको हो ।
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।
नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीवहादुर चौधरीले नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको हो । गठबन्धनले कांग्रेस संसदीय दलका नेता चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
काठमाडौं महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ । बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण सार्वजनिक गरेको हो ।
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधार शिविरमा पुगिसकेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु आधारशिविरमै रोकिएको बताएका छन् ।
राजु गिरीको निर्देशन रहेको फिल्म 'नम्बरी सुन'को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।