नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ।
लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आर्थिक समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दाङको नारायणपुरमा आजदेखि सुरु भएको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताउनुभएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको ‘कोशी प्रदेश’ को नाम परिवर्तन गर्न जनता रिझाएर दुई तिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका १ र २ को सीमा क्षेत्रमा रहेको भेडिओडारबाट देखिएको बेग गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको साम्तोङका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ। गाउँपालिकाले वडा ६ फाकुम्बा साम्तोङका विपन्न १० परिवारलाई सोलारबत्ती वितरण गरेको हो।
श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसदमा बताउनुभएको छ ।
ललितपुरको फ्रेन्ड्स क्लब र विभागीय टोली एपीएफ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगका बराबरी खेल्दै खक बाँडेका छन् ।
साङ्गीतिक रियालिटी शो 'हिमालय लोकस्टार'को उपाधि बलराम विश्वकर्माले जित्नुभएको छ ।
एक वर्षअघिको बाढीले भत्काएर बगाएको तटबन्ध मर्मतसम्भार र निर्माण कार्य अझैपनि नगरिंदा बाँकेका दुई पालिकाका स्थानीय वासिन्दा डुबानको त्रासमा छन् ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मानिसले आफू सुरक्षित नभएको महसुस गर्न थालेको बताउनुभएको छ।