• २८ पुस २०८१, आइतबार

गैर–नेपाली नागरिक मेहराविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, कात्तिक २३ गते । गैर–नेपाली नागरिक अनुप मेहराविरुद्ध गैरकाुननी रूपमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालत, काठमाडौँमा विचाराधीन रहेको वादी नेपाल सरकार र प्रतिवादी टीकाराम ज्ञवालीसमेत भएको गैर–नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

उहाँका अनुसार मेहराले नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमि सुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी, मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार सङ्ख्या कायम गरी गैर–कानुनी निर्णय गर्न लगाएको, सोही निर्णयलाई कार्यान्वयन गराउन मालपोत अधिकृतसमेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको र लामो समयदेखि हदबन्दी रोक्का रहेको जग्गा भूमिसुधार कार्यालयले हदबन्दी फुकुवा गर्ने निर्णय गरेको आरोप लागेको छ । 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ बिगो रकमसहित विशेष अदालत काठमाडौँमा बिहीबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।