विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिव्रmीवितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी गरेको छ ।
रास्कोट नगरपालिकाको मूल सडक निर्माणको चार वर्षमै जीर्ण बनेको छ । २०७४ साल माघमा नगरपालिकालाई हस्तान्तरण गरिएको १८ किलोमिटर मूल सडक खाल्टाखुल्टी भई कालोपत्रे उप्केपछि यात्रुले सास्ती खेप्दै आएका छन् । प्रदेश सरकारले सडक फराकिलो गर्ने नाममा दुई करोडको ठेक्का लगाएसँगै सडक सुधारभन्दा जीर्ण हुँदै आएको छ । पछिल्लो समय २६ करोड रुपियाँको हाराहारीमा सडक कालोपत्रेका लागि भनेर ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेको र नगरपालिकाले ताकिता नदिएका कारण रास्कोटको मूल सडक अहिले निकै जोखिम बनिरहेको बताइन्छ । बर्सातमा बाढीले चिरा पारेको सडक उस्तै छ भने बालुवा र माटो थुप्रिएको सडक क्षेत्र पूरै धुलाम्मे भएको छ ।
लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेशका कुल १२ जिल्लामा करिब ४१ हजार ४२५ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्दा एक हजार ४९९ जनामा क्यान्सरको सङ्केत देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिनुभएको छ ।
डडेलधुरा जिल्ला सदरमुकाम खलङ्गामा रहेको ऐतिहासिक ढुङ्गे अमरगढी किल्लाको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । अमरगढी नगरपालिका–५, खलङ्गामा अवस्थित सो किल्ला छ हजार ५०० फिट उचाइमा रहेको छ । सो किल्ला ढुङ्गा, माटोसँगै काठले बनेको छ । यसको सिंहको टाउकोको आकार जस्तो छ । श्री ५ रणबहादुर शाहको शासनकाल सन् १८४७ भाद्र ३१ गते नेपाल एकीकरणको सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभियो भन्ने इतिहास पाइन्छ । नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको १० कम्पनीका सैनिक जवान र डोटेली राज्यसँग घमासान युद्ध भएको इतिहास छ । युद्धमा गोरखाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आउनुभएको बताइन्छ ।
भूगोल र हावापानीको अनुपम विविधतायुक्त नेपालमा फूल फुल्ने साढे छ हजारभन्दा बढी प्रजातिका बोट विरुवा पाइए पनि ४२० प्रजातिका फूलको मात्र उत्पादन भइरहेको छ । साँझ बिहानदेखि मन्दिरसम्मका नित्य पूजापाठ, धार्मिक, सांस्कतिक, सामाजिक संस्कार पर्वमा फूल (पुष्प) पवित्र मान्ने प्रचलन परापूर्वकालदेखिकै हो । आफ्ना बारीबगैँचा, आँगनका डिलमा हुर्काइएका फूल, पाती, दुबोले नै दैनिक कर्मदेखि तिहार जस्ता फूलमालाको बढी प्रयोग हुने पर्वसम्मको माग धानिएको थि
क्रिकेट हाल नेपालमा सर्वत्र रुचाइएको खेल हो भन्नेमा कुनै शङ्का रहेन । युवाको विदेश मोह, अर्थतन्त्रको खस्किँदो स्थिति, बाढी, पहिरो तथा भूकम्प जस्ता प्रकोपले मुलुक हरेक दिन पीडित हुँदै गइरहेको छ । यस्तो बेला मुलुकको ध्यान क्रिकेटले ल्याएको उल्लासतर्फ जानु स्वाभाविकै हो । खेल र खेलाडीले जात, क्षेत्र र धर्म नभनी मुलुकको शिर उचो बनाउने र मुलुकलाई जोड्ने काम गरेको हुन्छ । देशको झन्डा विदेशी भूमिमा फहरिनु नेपालीहरूमा गर्वको विषय हुन जान्छ । जुन हालै सम्पन्न एसिया कपमा पाकिस्तान र श्रीलङ्कामा क्रमशः आयोजक पाकिस्तान र नेपालबिचको खेल र भारत र नेपालबिचको खेलमा नेपालका दर्शकहरूको उपस्थितिले देखायो ।
जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो ।
भारतको गोवास्थित बिरला इन्स्टिच्युट अफ टक्नोलोजी एन्ड साइन्सको कग्निटिभ न्युरोसाइन्स ल्याब (संज्ञानात्मक स्नायु विज्ञान प्रयोगशाला) ले आयोजना गरेको सोसाइटी फर कग्निटिभ साइन्स अफ कल्चरको तेस्रो अन्तर्राष्ट्रिय कार्यशालामा मलाई मूल वक्ताका रूपमा बोलाइएको थियो । यो सोसाइटी संज्ञानात्मक विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने विश्वका विभिन्न देशका वैज्ञानिकले हाम्रो मस्तिष्कमा मानव संस्कृतिका विभिन्न अवयव जस्तै भाषा, धर्म, साक्षरताले पार्ने प्रभावको अध्यय
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ ।
दसैँको उल्लास र उमङ्गको रौनक सेलाउन नपाउँदै आउने तिहार पर्व दसैँ जस्तै धार्मिक र सामाजिक महìवको पर्व हो । दसैँमा पशुबलि वा हिंसाको बाहुल्यता रहेको हुन्छ भने तिहारमा आपसी भाइचारा र वसुधैव कुटुम्बकम्को भावना मुखरित भएको पाइन्छ । दसैँमा कालरात्रि जगाइन्छ भने तिहारमा दीपावलीको आलोक । प्रायः कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट त्यसै महिनाको शुक्लपक्षको द्वितीया तिथि पाँच दिनसम्म सम्पन्न गरिने र त्यसै पाँच दिनभित्र मृत्युका देवता यमराजको पूजा हुने हुँदा तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई भेदभावरहित तरिकाले राहत वितरण गर्न निर्देशन दिनुभएको छ ।
मधेस प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव उच्च अदालत जनकपुर राजविराजको आदेशमा बिहीबार राती रिहा हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद यादवलाई उच्च अदालतले रु एक लाख २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका निमित्त रजिस्ट्रार फणीन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।
शिक्षाको मन्दिर विद्यालय हो । सो मन्दिरका पुजारी शिक्षक हुन् । शिक्षक योग्य, दक्ष र शिल्पी हुनु पर्छ भन्ने मान्यता राखिन्छ । शिक्षक योग्य र दक्ष हुनलाई शिक्षक स्वयम्को पढाइ, लेखाइ र तालिम अत्यन्तै जरुरी मानिन्छ । नेपालमा शिक्षक तालिमको इतिहास केलाउँदा विसं २००४ सालमा आधार शिक्षक तालिम केन्द्रको स्थापना भएको देखिन्छ । विसं २०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना तथा विसं २०१४ सालमा शिक्षक तालिमका लागि शिक्षा महाविद्यालयको स्थापना भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा