नेपाली रुपियाँको अवमूल्यन हुने क्रम रोकिएको छैन । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य सोमबार १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यसले गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिएमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण बनेको छ कर्णाली माध्यमिक विद्यालय । विद्यार्थी र अभिभावकको रोजाइ बन्दैगएको कर्णाली माविले विद्यार्थी चाप बढेसँगै प्रवेश परीक्षा लिएर भर्ना गर्न थालेको छ । विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले भन्नुभयो, “भर्ना हुन चाहने सबै विद्यार्थीलाई भर्ना लिन सकिने अवस्था छैन ।”
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।
धानको उत्पादन वृद्धि गर्न सरकारले चैते धान उत्पादनमा जोड दिएको छ । मुलुकभर हाल करिब एक लाख ५० हजार हेक्टरमा धानखेती हुँदै आएको छ । चैते धान खेती गर्ने क्षेत्रलाई तीन लाख हेक्टरसम्म विस्तार गर्दा मुलुक धानमा आत्मनिर्भर हुने विज्ञहरूको आकलन छ ।
बागमती प्रदेश सरकारले मन्त्रालय टुक्र्याएर मन्त्रालयको सङ्ख्या बढाए पनि प्रदेशको खर्च क्षमता बढ्न सकेको छैन । केही मन्त्रालयमा बजेट र कार्यबोझ बढी भएकाले बजेट खर्च हुन नसकेको भन्दै गठबन्धनको सरकारले आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाए पनि हालसम्मको खर्चको तथ्याङ्कअनुसार प्रदेश सरकार खर्च क्षमतामा कमजोर देखिएको हो ।
आज (मंगलबार) पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का कुनै पनि कार्यक्रम अगाडि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार बैठकले एसपीपीका कुनै कार्यक्रम नेपालमा अगाडि नबढाउने निर्णय गरेको छ ।
हिजोआज राजधानीलगायत देशका मुख्य सहरमा विद्युतीय विज्ञापन बोर्ड अर्थात् डिजिटल बोर्डका माध्यमबाट सेवा तथा वस्तुको बजार प्रवद्र्धनमा निकै वृद्धि भएको पाइन्छ । विज्ञापन प्रविधिको विकाससँगै बजार प्रवद्र्धन वा विज्ञापनका लागि विभिन्न नयाँ किसिमका माध्यम प्रयोगमा आउनु स्वाभाविकै हो ।
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रकरणमा विकसित घटनाक्रम कुनै सस्पेन्स फिल्मभन्दा कम रोमाञ्चक छैन । गएको साता मात्रै सार्वजनिक गरिएको यो प्रकरण जसरी अघि बढेको छ, त्यसले धेरै पक्षमा हाम्रा कमीकमजोरी पटाक्षेप गरेको छ । सत्तामा रहँदा हौसिएर प्रक्रिया अघि बढाउने तर प्रतिपक्षमा पुग्नेबित्तिकै सत्तोसराप गर्ने गज्जबको भाष्य नेपाली राजनीतिमा जबर्जस्त स्थापित हुँदै छ ।
कृषियोग्य भूमिको न्यायोचित वितरण एवं कृषिसम्बन्धी आवश्यक ज्ञान र साधन सुलभ गराई भूमिमा आश्रित वास्तविक किसानको जीवनस्तरमा सुधार ल्याउन ५५ वर्ष अगाडि नेपालमा भूमिसम्बन्धी कानुनी व्यवस्था गरियो । भूमि धनी–गरिब सबैसँग जोडिएको विषय भएकाले सबै नेपालीले जग्गालाई सञ्चित अचल सम्पत्तिका रूपमा सञ्चय गर्ने संस्कार तथा परम्परा रहँदै आएको छ । साथै यसको महत्त्व दिनहुँ बढ्दै गएको अवस्था छ
सामान्य चेतनामा रहेर साधारण जीवन यापन गर्नेदेखि उच्चतम अवस्था अर्थात् ब्रह्मसद्भाव (ब्रह्मज्ञान) सम्मको ल्याकत राख्ने जो कोहीको पनि योग सारथि हो ।
आज २१ जुन । आठौँ अन्तर्राष्ट्रिय योग दिवस । नेपाल सरकारले विगतमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ मनाउँदै छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले योग तथा ध्यानको कार्यक्रम र आठौँ अन्तर्राष्ट्रिय योग दिवसको उद्घाटन गर्नुहुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताउनुभएको छ ।
लेवनान भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्मा लगायतको भ्रमणदलले सोमबार युनिफिल मिसन लेवनानमा तैनाथ नेपबाट मुख्यालको निरिक्षण भ्रमण गर्नुभएको छ ।