झापाको बिर्तामोड नगरपालिका– २ स्थित चारपाने चोकमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
इजरायली ड्रोन आक्रमणमा मारिएकाहरूको लेबनानको सीमावर्ती शहरमा अन्त्येष्टि गरिएको छ । लेबनानको सीमावर्ती सहर ब्लिडामा मङ्गलबार इजरायली ड्रोन आक्रमणमा मारिएका चार जनाको अन्त्येष्टि गरिएको हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ ।
यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत विरामीले उपचार गराउँदा निःशुल्क पाउनु पर्ने बताउनुभएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र राष्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई महानिरीक्षक अर्याल बिहीबार स्वदेश फर्कनु भएको हो ।
म्याग्दीको करबाकेली इको ट्रेकको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न पदयात्रा गरिएको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेलीदेखि पदयात्रा गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान रोल्पा पुग्नु भएको छ ।
राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका-३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार-प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघर–३ मा चितुवा फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान गठ्ठाघरमा चितवा फेला परेको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ ।
वि.सं.१९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार वि.सं.१८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रो पटक हो ।