• ७ जेठ २०८१, सोमबार

भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

blog

फाइल तस्बिर

त्रिवेणी (रुकुम पश्चिम), कात्तिक २४ गते । यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु  बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ । 

जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय नगर प्रहरी निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो । सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उहाँको मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिनुभयो । 

मृतक विष्ट चौरजहारी नगरपालिका-१ निवसी हुनुहुन्छ । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । वडा नम्बर ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिनुभएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उहाँ सख्त घाइते हुनुभएको थियो । रासस