भिरबाट लडेर घाइते हुनुभएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज हुनुभएको छ । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो । स्वास्थ्यमा सुधार आएपछि उहाँलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताउनुभयो । उहाँका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको छ । उहाँको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो । उहाँ अब घरमै आराम गर्नुहुन्छ ।
विवाहित महिलाहरूबिच भएको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि प्राप्त गर्नुभएको छ । बुधबार राति काठमाडौँमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाउनुभयो । थापाले सोफी मिसेस नेपाल वर्ल्ड भएबापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । उहाँले एक स्कुटर पनि प्राप्त गर्नुभएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा परम्परागत पहिरन र गरगहना लगाएर नाचिने ठाइकोर नाच पुराना पुस्ताबाट नयाँ पुस्ताकी युवतीले सिक्न थालेका छन् । उक्त नाच लोप हुने अवस्थामा पुगेपछि पुराना पुस्ताका महिलाले नयाँ पुस्ताकी युवतीलाई सिकाउन थालेका हुन् ।
शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘दिमाग खराब’ लाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले उच्च सो उपलब्ध गराएका छन् । चलचित्रले देशभरका मल्टिप्लेक्समा डेढ सय बढी सो प्राप्त गरेको छ । चलचित्रलाई दी क्युएफएक्सले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी ५८ सो दिएको छ भने दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले १४ सो, एफक्युबले छ सो, वान सिनेमाजले दुई हलमा गरी १० सो, बिग मुभिज र क्युज सिनेमाजले समान पाँच/पाँच सो, रञ्जना सिनेप्लेक्सले सात सो, सिके सिनेमाजले सो, सिडिसी सिनेमाले तीन सो दिएको छ । समग्रमा हेर्दा चलचित्रको सो उत्साहप्रद रहेको बताएको छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको बुुधबारदेखि ‘कोटा’ बढाएको छ । कर्पोरेसनले गएको मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोरा दिँदै आएकामा बढाएर २० बोरासम्म पु¥याएको हो । बोरामा ५० केजी चिनी हुन्छ ।
सरकारले उच्च शिक्षामा गुणस्तर, मान्यता र सिकाइबारे एकरूपता कायम गर्न योग्यता प्रारूप तयार गर्दै छ । मन्त्रीपरिषद्ले नेपालका लागि राष्ट्रिय योग्यता प्रारूप स्वीकृत गरे पनि त्यसमा उच्च शिक्षाका सन्दर्भमा कतिपय विषयमा स्पष्ट व्याख्या गरेको छैन । ती विषयलाई स्पष्ट र व्याख्या गर्न उच्च शिक्षामा पनि योग्यता प्रारूप तयार गर्न लागिएको हो ।
सर्लाही प्रहरीले बिहीबार ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका नष्ट गरेको छ । प्रहरीले कात्तिक २० गते सदरमुकाम मलङ्गवा नगरपालिका ८ स्थित उमेशकुमार शुक्लाको घरमा छापा मारेर फेला पारेको तथा मातहतका युनिटले विभिन्न मिति र स्थानबाट बरामद गरेको पटाका बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवा परिसरमा पत्रकार सम्मेलन गरी खाल्डोमा पुरेर नष्ट गरेको हो ।
मधेश प्रदेशको समग्र स्वास्थ्यको समिक्षा तथा आर्थिक वर्ष २०७९–८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय तीन दिने वार्षिक समिक्षा गोष्ठी बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ ।
गोर्खा लिजेन्ट पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफानल खेलमा रोयल किंगलाई ३३ रनले हराउँदै गोर्खा लिजेन्टले फाइनल यात्रा तय गरेको हो ।
भूकम्प प्रभावितहरुको राहतक लागि भारत सरकारको तर्फबाट प्रदान गरिएको तेस्रो खेपको सामग्री बिहीबार नेपनलगन्ज आइपुगेको छ। भारतीय वायुसेनाको बिमानमार्फत राहतको तेस्रो खेप आज बेलुकी नेपालगन्ज बिमानस्थलमा आइपुगेको हो।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाजरकोट र रुकुमपश्चिममा गएको भुकम्पपछि पर्यटन आतंक खडा गरिएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनु भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुग्नुभएको छ ।
म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिकाको नेप्टेचौरतर्फ जाँदै गरेको ध १ज १०७० नम्बरको गाडी नेप्टेचौर नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।