भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरूको दोस्रो महान् पर्व तिहारको अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको हो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ । पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा.आलोक प्रसाईँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबिच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।
नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गरेको हो ।
हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) ले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैर आवासीय नेपाली नागरिकता लिनुभएको छ ।
लेड (सिसा) मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सप्ताह २०२३ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र काठमाडौँले एकीकृत सामाजिक विकास केन्द्र नेपालगन्जसँगको सहकार्य र उपमहानगरपालिकासँगको समन्वयमा यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले त्यस्तो बताएका हुन् ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताउनुभएको छ ।
गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिका–४ भामवाडामा विद्युतको तार सर्ट भई एक घर जलेर नष्ट भएको छ । सोमबार अपरान्ह १२ बजेतिर विद्युत सर्ट हुँदा देवीराज रावलको घर जलेर नष्ट भएको हो ।
पर्यटनको गन्तव्य बन्दैगएको पर्वतमा पर्यटन संस्कृति प्रवर्धनका लागि साहित्यसँग सम्वन्धित संस्थाको संयुक्त पहलमा काव्ययात्रा थालिएको छ । लोकसंस्कृति अध्येता तथा अनुसन्धानकर्ता कालीभक्त पन्तको जन्मभूमि फलेवासमा काव्ययात्रा गरिएको हो ।
रुकुम-पश्चिम आठबिसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उहाँ माइतीमा जान पाउनुभएको थिएन ।
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एक जना थुनुवाको मृत्यु भएको छ । धनगढी –१६ घसिटाका ३१ वर्षीय कृष्णबहादुर सेटीको बिहीबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताउनुभयो ।