सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवर्द्धनका लागि साझेदारिताबारे आज (बिहीबार) छलफल भएको छ ।
कैलालीस्थित नेपालकै पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चार प्रजातिका चरा थपिएका छन्।
बलिउड फिल्म निर्देशक करण जोहर र अभिनेता सलमान खान २५ वर्षपछि फिल्ममा सँगै काम गर्ने भएका छन् ।
पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिलो तथ्याङ्क अनुसार २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको हो ।
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई प्रदान गरिने नो अब्जेक्सन लेटर (एनओसी) वितरण खुकुलो पार्न शैक्षिक परार्श व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।
काठमाडौंको बाँसबारीमा खुला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौं महानगरपालिकाको वडा ३ ले बाँसबारी क्लवको प्राङ्गणमा खुला व्यायामशाला निर्माण गरेको हो ।
वैदेशिक रोजगारमा जाने युवायुवतीले श्रम स्वीकृतिको आवेदन दिने सुविधा पालिकाबाटै पाउन थालेका छन्।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलब्ध गराएका छन् ।
कैलालीको वन क्षेत्रमा यसवर्ष डढेलोको कारण तुलनात्मक अन्य वर्षभन्दा कम क्षति भएको छ । मुलुकको विभिन्न क्षेत्रका वनमा डढेलोका कारण ठूलो क्षति भइरहेका बेला कैलालीमा क्षति कम भएको हो ।
खेलकुद बीमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उद्येश्यबाट खेलकुद विमालेख तयार गर्न लागिएको हो ।
बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ।