प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो ।
कुनै समयका क्रिकेट खेलाडी र अहिले लामो समयदेखि मूलधारको नेपाली पत्रकारितामा खेलकुद स्तम्भ चलाइरहेका पत्रकार नवीन अर्यालले ‘नेपाली खेलकुुदको वृत्तान्त’ शीर्षकको एक ग्रन्थ तयार गरेर नेपाली वाङ्मय भण्डारलाई थप समृद्ध बनाएका छन् ।
मधेश प्रदेश सरकारले प्रहरी तथा कर्मचारी समायोजनका लागि ३० दिने अल्टिमेटमसहित बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ज
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत डुम्रे–दमौली खण्डमा कालोपत्रे सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डमा ‘अस्फाल्ट प्रविधि’ मा कालोपत्रे गरिएको हो । डुम्रे–दमौली क्षेत्र अन्तर्गत बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा काम धमाधम भइरहेको छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१, बरादीमा डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको आयोजनाले जनाइएको छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको भौतिक देहले चीर विश्राम लिएको झन्डै १ वर्ष हुन लागेको छ । १०३ वर्षको चिरायु जीवन बाँचेर २०७९ असोज ३० गते उनले चिरविश्राम लिए । सत्यमोहन जो
एकातिर धुवाँको मुस्लोसँगै आगो दनदनी बलिरहेको थियो भने अर्कातिर मानिस हारगुहार गरिरहेका थिए । पोखरा महानगरपालिका–२६, विजयपुरका घरबस्तीमा लागेको आगो निभाउने स्थानीयको प्रयास सार्थक हुन सकेको थिएन । दिनको समय जताततै मानिस थिए । कहाँ के भयो भन्ने खुल्दुली भएको थियो ।
कोशी प्रदेश सभा गठन भएको ११ महिनापछि संसदीय समिति चयन भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले सात वटा विषयगत समितिमा सदस्यहरू चयन गरेको हो । सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले सातवटै संसदीय समिति गठन गरिएको जानकारी बैठकमा गराउनुभएको थियो ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको सिद्धिडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला
बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।
पवित्र धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा करिब २२ लाख रुपियाँको लागतमा निर्माण भएको कलात्मक ढुङ्गेधारा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्माण गरिएको उक्त कलात्मक ढुङ्गेधाराको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
म्याद सकिएको २१ दिन बितिसक्दा पनि घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा हुन सकेको छैन । सडकमा परेका खाडल र धुलोका कारण सवारीसाधन सञ्चालनसँगै धुलोका कारण जनताले दिनहुँ दुःख पाइरहेका छन् । करिब २७ किलोमिटर सडक मर्मतका लागि चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन् । २०८० असोज मसान्तसम्म सडक मर्मत गर्ने गरी गत असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताउनुभयो ।
भूकम्पका कारण जाजरकोटका तीन वटा सरकारी कार्यालयको सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भग्नावशेषमा परिणत भएपछि सेवा अवरुद्ध भएको हो । भूकम्पका कारण सरकारी कार्यालयहरू पूर्ण क्षतिग्रस्त भएपछि आइतबारदेखि सेवा प्रवाह हुन सकेको छैन ।