कानुनी परामर्शका लागि कानुनी शिविर अभियान सञ्चालन गरिएको छ । संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गतको महिला सशक्तीकरण मञ्चले दैलेखको नौमुले गाउँपालिका–८ मा कानुनी शिविर सञ्चालन गरेको हो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ ।
महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ती किशोरीहरू फेला परेका हुन् ।
पोखरामा आगामी मङ्सिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर सो) हुने भएको छ ।
बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–३ को श्रीनगर स्वास्थ्य चौकी नजिक बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।
चिवतनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला हङकङ निर्यात हुने भएको छ । माला र फूल हङकड लैजानका लागि बिहीबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पु¥याएको हो ।
चितवनको कालिका नगरपालिकाले सार्वजनिक स्थानमा आयोजना हुने भोजभतेर तथा होटलमा खाना फाल्न नपाउने नीति लिएको छ ।
चीनले दुबईमा कोप २८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बिहीबार बताएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ ।
नवलपुरका मिटरब्याजी पीडितहरू सङ्गठित भएर आन्दोलित भएका छन् । कावासोतीमा मिटर ब्याज पीडितहरूले जिल्ला भेला गरी मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति गठन गरेका छन् । भेलाले गोमा घिमिरेको अध्यक्षतामा ११ सदस्सीय सङ्घर्ष समिति गठन गरेको छ ।
नेपालले विश्वकप २०२६ को छनोट (एसिया) मा दोस्रो चरण पार गर्दै एसियन कपसमेत खेल्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।