• ८ मंसिर २०८१, शनिबार

मिसेस नेपाल वर्ल्ड उपाधि पृथ्वीयालाई

blog

काठमाडौँ, कात्तिक २४ गते । विवाहित महिलाहरूबिच भएको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि प्राप्त गर्नुभएको छ । बुधबार राति काठमाडौँमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाउनुभयो । थापाले सोफी मिसेस नेपाल वर्ल्ड भएबापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । उहाँले एक स्कुटर पनि प्राप्त गर्नुभएको छ । 

प्रतियोगितामा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल र पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपविजेता बन्नुभयो । उहाँले एक टेलिभिजन सेट तथा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभयो । 

त्यस्तै सीता सुवेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस अवार्डको विजेता हुनुभयो । उहाँले एक थान ओभनका साथ सिङ्गापुरमा हुने एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । विजेताहरूलाई मिसेस वर्ल्ड २०२२ सरगम कौशलले ताज पहिराउनुभएको थियो । सोही कार्यक्रममा नेपालकै प्रथम नायिका भुवनचन्द थापालाई मानार्थ मिसेस नेपाल वर्ल्ड  तथा मुस्कान खातुनलाई विशेष सम्मान गरिएको थियो । प्र्रतियोगितामा आइना गजुरेल फस्र्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवाक, निशा विष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आइकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस हुनुभएको थियो ।  

प्रतियोगितामा सौन्दर्य प्रतियोगिता सङ्घका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआइजिपी डा. आशा सिंह, मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललगायतका निर्णायक टोलीमा हुनुहुन्थ्यो । रिबन इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिता असम र युथ वेद सह प्रायोजक रहेका थिए । त्यस्तै अश्विनिकान्त झाको कोरियोग्राफी, सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट् शाह र गङ्गा महर्जनको संयोजन रहेको थियो ।