नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ ।
पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ ।
भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ ।
मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उहाँ भन्नुहुन्छ ।
इतिहास सर्वव्यापक छ । यति हुुँदाहुँदै पनि इतिहास अरू चिज जस्तो दृश्यमान हुँदैन । इतिहास बहुधा अदृश्य छ । यद्यपि सूक्ष्म किसिमले हेर्ने हो भने हरेक वस्तुमा इतिहास लुकेको पाइन्छ । गहन खोजमेल र चि
हत्केलामा च्यापेर एक मुठी सपना उभिएको छु– मृत्युको अघिल्तिर ! कवि मणि लोहनी
विराटनगर महानगरपालिकाका पूर्व उपप्रमुख इन्दिरा कार्कीसहित सबै नौ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ ।
गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारीलाई पितृशोक परेको छ । उहाँका पिता पूर्णचन्द्र अधिकारीको आज बिहान साढे ६ बजे ८४ वर्षको उमेरमा निधन भएको छ ।
सुर्खेतका सहिद प्रहरीका परिवारले गरेको फूलखेती बजारमा पठाउन पाइने भएको छ । नेपाल प्रहरीका शहीद परिवारले तिहारलाई लक्षित गरी रोपेका फूलहरू बजारमा पठाउन थालिएको हो । बिहीबारबाट शहीद प्रहरीका परिवारको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ फुल खेती सुर्खेत बजारमा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीम प्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार पठाइएको हो ।
भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।
रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो ।
पर्वतको पैयुँ गाउँपालिकास्थित डुडे खरीबोट फाँटमा वडाध्यक्षको अगुवाइमा व्यावसायिक तरकारी खेती गर्न थालिएको छ । गाउँको खेतीयोग्य जमिन बाँझो भएपछि वडाध्यक्षकै अगुवाइमा २० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गरिएको हो । गाउँघरमा युवा रोजगारीका लागि अन्यत्र जाने र गाउँका मानिससमेत बसाइ सरेर अन्यत्र जाँदा मलिलो खेतीयोग्य जमिन बाँझो रहेको थियो । सिँचाइको राम्रो सुविधा भएको खेतीयोग्य जमिन नै खनजोत हुन नसक्दा पैयुँ गाउँपालिका–७ का अध्यक्ष तोयनाथ शर्माको मन दुख्यो । वडाध्यक्ष शर्माले गाउँको खेतीयोग्य जग्गामा व्यावसायिक तरकारी खेती गर्ने योजना वडा बैठकमा प्रस्ताव गर्नुभयो । वडाको पहलमा २३ जनाको भोर्ले बहुउद्देश्यीय कृषक समूहको गठनपछि व्यावसायिक तरकारी खेती सुरु भयो ।
जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङटार–२ डाँडाझेरी द्यौबादीका नरवीर मश्राङ्गी मगर घरमै खानेपानी धारा पुगेपछि दङ्ग हुनुहुन्छ। पहिलो पटक धाराको खानेपानी खान पाएकोमा उहाँ खुसी हुनुभएको हो । पूर्वी नवलपरासीको बुलिङटार डाँडाझेरी द्यौबादीका सात टोलमा तत्कालीन सरकारको पाँच करोड ३६ लाख रुपियाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष कमल बकावल मगरले बताउनुभयो ।
सिरहा जिल्लामा सबैभन्दा बढी छ वटा वडा भएको लक्ष्मीपुरपतारी गाउँपालिका हो । यसको पूर्वमा लहान नगरपालिका, उत्तरमा धनगढीमाई नगरपालिका, पश्चिममा सुखीपुर नगरपालिका र दक्षिणमा