• २० वैशाख २०८१, बिहिबार

इतिहासको अलिखित स्रोतका रूपमा लोकगीत

blog

इतिहास सर्वव्यापक छ । यति हुुँदाहुँदै पनि इतिहास अरू चिज जस्तो दृश्यमान हुँदैन । इतिहास बहुधा अदृश्य छ । यद्यपि सूक्ष्म किसिमले हेर्ने हो भने हरेक वस्तुमा इतिहास लुकेको पाइन्छ । गहन खोजमेल र चिन्तन–मनन गरेपछि मात्र इतिहास भेटिन्छ । इतिहासलाई सजिलै पहिचान गर्न सकिन्न । इतिहास खोतल्नका लागि निश्चित प्राकृतिक, सामाजिक तथा सांस्कृतिक आधार पहिल्याउन आवश्यक छ । 

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेको पत्रमा भनेका छन– इतिहासका सन्देश बुझ्नका लागि आपूm वरिपरिका नदीनाला, चट्टान जीवाशेष जस्ता अव्यक्त पक्षलाई प्राकृतिक पुस्तकको रूपमा अध्ययन गर्नु पर्छ । नेहरूले यस्ता अव्यक्त प्राकृतिक परिवेशको वैज्ञानिक व्याख्या–विश्लेषण तथा अनुशीलन गरेर इतिहासका डोबहरू पत्ता लगाउन सकिनेबारे पत्रमा चर्चा गरेका छ (नेहरू, सन् १९२९, पृ.१–४) ।

लोकगीतलाई इतिहासतिर चियाउने सकिने एउटा अभौतिक आँखीझ्यालका रूपमा लिन सकिन्छ । हरेक लोकगीत समयको एउटा विन्दुमा सिर्जना भएको हुन्छ । त्यसले कुनै न कुनै रूपमा इतिहासको प्रतिनिधित्व गर्छ । लोकगीतको अन्तर्वस्तु ऐतिहासिक घटनाव्रmमको साक्ष्य बन्छ । यही आधारमा लोकगीतलाई इतिहासको स्रोतको रूपमा लिने गरिन्छ । यस लेखमा नेपाली लोकगीतमा भेटिने ऐतिहासिकताबारे चर्चा गरिनेछ ।

लोकगीतलाई इतिहासको महìवपूर्ण स्रोतका रूपमा ग्रहण गर्ने विषयमा इतिहासकारहरू सहमत देखिन्छन् । बेल्जियन इतिहासकार तथा मावनशास्त्री जेन भनसिना (सन् १९७३) का अनुसार ऐतिहासिक गीत तथा कविताले ऐतिहासिक घटनाव्रmमको विवरण दिन्छ (पृ.१४८) । अध्येताद्वय चाल्स अल्युड र अबु ब्रेमाले नाइजेरियाको इडो समुदायमा प्रचलित लोकगीतमा विद्यमान ऐतिहासिक पक्षको बारेमा अध्ययन गरेका छन् । उनीहरूले स्थानीयका इतिहासका थुप्रै पक्ष उजागर गरेका छन् (अल्युड र ब्रेमा, सन् २००५, पृ.१२३–१२८) । लोकगीत, कथा, कविता पनि इतिहासका स्रोत हुन् (उपाध्याय, २०५५, पृ. १६) । ‘समाज परिवर्तन हुँदा विभिन्न कालखण्डका घुम्तीहरूमा सत्यतथ्य लुकेको पाइन्छ । लोकजीवनमा चलेका सामाजिक मूल्य, मान्यता संस्कृति, सभ्यता र परम्पराहरू लोकभाकामा उतारिएका हुन्छन्’ (लामिछाने, २०६५, पृ.१०) ।

अनलाइन विश्वकोश ‘ब्रिटानिका’ ले लोकगीतलाई इतिहासको मौखिक स्रोत मानेको छ । लोकगीतको अध्ययनबाट सम्बन्धित समाजको ऐतिहासिक पक्षलाई उजागर गर्न सकिने ‘ब्रिटानिका’ को ठहर छ (ब्रिटानिका, सन् २०२२) । अमेरिकी अश्वेत समुदायमा प्रचलित लोकगीतसम्बन्धी पुस्तक ‘इन सर्च अफ द ब्लुज’ का लेखिका प्राध्यापक मेरिबिथ ह्यामिल्टन लोकगीत र इतिहासको अन्तर्सम्बन्धलाई मिहिन किसिमले केलाएका छन् । ह्यामिल्टन लोकगीतलाई इतिहासको महìवपूर्ण स्रोतका रूपमा मान्छिन् । ह्यामिल्टनको बुझाइ छ– लोकगीतले विगतको शुद्ध तस्बिर प्रस्तुत गर्ने क्षमता राख्छ (ह्यामिल्टन, सन् २००१, पृ. १९) । 

नेपाली लोकगीतमा पनि स्वाभाविक रूपमा इतिहासका असङ्ख्य झलकहरू पाइन्छन् । यद्यपि तिनको उचित परिशीलन, व्याख्या–विश्लेषण र अर्थापान भने भएको पाइँदैन । हाम्रो इतिहास प्रतिविम्बित हुने केही घटनाव्रmम र ती घटनाव्रmमसँग सम्बन्धित लोकगीतको सानो विवरण यस लेखमा प्रस्तुत गरिएको छ ः

१९९० सालको भुइँचालो

जनबोलीमा नब्बे सालको भुइँचालो भनेर परिचित १९९० सालको भुइँचालो एउटा यस्तो बहुचर्चित भौगर्भिक घटना हो, जुन नेपाली समाजमा आजपर्यन्त चर्चित छ । यसबारे पुस्तकका पाना तथा पाका पुस्ताबाट धेरै वृत्तान्तहरू पाउन सकिन्छ । यस विनाशकारी भुइँचालोको वर्णन लोकगीत तथा लोकपद्यमा वर्णित छ । एक समयमा रेडियो नेपालमा एउटा गीत खुब गुन्जन्थ्यो, जुन यस प्रकार छ :

घुरुमा घुरुमा परेवा घु¥यो बार्दली–कौसीमा 

नब्बे है सालमा भुइँचालो गयोे सोमबारे औँशीमा

(दुरा, २०७६, पृ. ४)

यस गीतका सङ्कलनकर्ता र गायक को हो भन्ने जानकारी स्मृतिमा छैन । आजकल यस गीत रेडियोमा सुनिँदैन । जेहोस्, यसले विसं १९९० माघ २ गते आएको विनाशकारी भूकम्पबारे एउटा गतिलो जानकारी दिएको छ गीतको यी हरफले १९९० माघ २ गते सोमबारका दिन आएको भुइँचालोको तिथिमितिलाई अकाट्य किसिमले वर्णन गरेको पाइन्छ । 

तनहुँका चूडामणि खनालले पनि त्यही घटनाबारे गाउँघरमा प्रचलित संस्मरणात्मक लोकपद्य सङ्कलन गरेका छन्, जुन यस प्रकार छ ः

उन्नाइस सये पनि नब्बे सालमा 

मैना त माघै पनि दुई गतेमा

तिथि त औँसी सोमबारको दिन हो

अग्घोर शब्द गर्दै भुइँचालो गैगो

(खनाल, २०६४, पृ.३७)

समय बित्दै जाँदा यी र यस्ता प्रसङ्गको समयको अथाह गर्भमा विलीन हुने व्रmममा छन् । यससँगै हाम्रो इतिहास हराउने व्रmम पनि जारी छ ।

विश्वयुद्ध

पहिलो तथा दोस्रो विश्वयुद्धले दुनियाँका विश्वको राजनीतिक नक्सा मात्र फेरबदल गरिदिएन, दुनियाँको सामाजिक तथा राजनीतिक परिदृश्यमा आमूल परिवर्तन ल्याइदियो । यी दुई विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी भएन । तर पनि यसबाट नेपाल टाढिन पनि सकेन । किनभने दुवै विश्वयुद्धमा नेपाली युवा ब्रिटिस सरकारको तर्पmबाट युद्धमा सहभागी भएका थिए । 

प्रथम तथा दोस्रो विश्वयुद्ध ताक हजारौँ भोका–नाङ्गा नेपाली युवा पराइ भूमिमा अनाहकमा ‘बलिको बोको’ बन्न बाध्य भए । युद्धभूमिमा अनिश्चित भविष्य बोकेका युवालाई गाउँघरमा पर्खिएर बसेका आफन्तजन र साथीसङ्गीले विरहमा युद्धको गीत गाए । त्यही सन्दर्भमा जोडिएर गण्डकी भेगमा गुन्जिएको एउटा गीतको अंश ः 

गाई पाल्यो रेलिमै वनैको बाघलाई

छोरो पाल्यो रेलिमै जर्मनको धावालाई

नेपालमा कुनै बमगोला नखसे पनि विश्वयुद्धको विभीषिकाले नेपालीजनलाई कुनै न कुनै रूपमा आव्रmान्त पारेको देखिन्छ । विश्वयुद्धका व्रmममा खसालिएका बमगोलाको वर्णनले नेपालको गाउँबस्तीमा पनि त्रासदी पैmलिएको प्रतीत हुन्छ । दोस्रो विश्वयुद्धताका नेपालको वनपाखामा गुन्जिएको गीतको एउटा अंशले लोकजीवनको यही त्रासदीपूर्ण मनोविज्ञानलाई झल्काउँछ ः

खोला खोला नजानुहोला

जापानले बर्साउला बमगोला

(पोख्रेल, २०७६, पृ.२२२)

विश्वयुद्धका समयमा जर्मनीले बनाएर थुप्रै नेपाली युवा युद्धबन्दी बनायो । उराँठलाग्दो बन्दी  जीवन बिताउन बाध्य हुँदा उनीहरूले लोकगीतमार्पmत मनको बह पोखेका व्यक्त । यही व्रmममा एक जना युद्धबन्दी गुमानसिंह लामाले लोकगीतको माध्यमबाट मनको बह पोखेको घटनालाई दृष्टान्तका रूपमा लिन सकिन्छ । प्रस्तुत गीतमा लामाले युरोपमा भेटिएका साथीबारे यसो भनेका छन् ः

कलकत्तैबाट डाँकगाडी आयो बिचैमा लेट भोयो

कहाँको तिमी कहाँको हामी युरोपमा भेट भोयो

(चूडाल, २०७७, पृ.९६)

युद्धबन्दी गुमानसिंह लामाले जर्मनीसँगको लडाइँले आफ्नी प्रेमिका वा श्रीमतीसँग विछोड गराएको दुखेसो गीतमार्पmत पोखेका छन् ः

मदेसै ज्यानको हलहले दुबो हल्लायो हावैले

लागेको पिरती छुटानाम भायो जर्मनी धावैले

(चूडाल, २०७७, पृ.९६)

मृत्युको मुखमा पुगेर फर्केका युवाहरूले मानवता हराएका यस्ता युद्धका वृत्तान्त कुराकानी र गीतमार्पmत सुनाए । यीमध्ये तत्कालीन एक युवा थिए– लोककवि अलिमियाँ । उनी २००२ सालमा तीनवर्षे लाहुरे जीवन भोगेर छ महिनाको बिदामा नेपाल फर्किए । लाहुरबाट आफ्नै गाउँ कुँडहर फर्किएपछि युद्धको वृत्तान्त सुनाउँथे (भादगाउँले, २०५९, पृ. १६) । विडम्बना नै भन्नु पर्छ, लाहुरे जीवनको इतिहास झल्कने उनको गीत लोकस्मृतिबाट लगभग हराइसकेको छ ।

सवाईमा उनिएको युद्ध इतिहास

अङ्ग्रेजी ‘बलाड’ शब्दको हाराहारी मानिने सवाई इतिहासको अर्को महìवपूर्ण स्रोत हो । विगतमा भोट लडाइँदेखि भुइँचालोको विनाशसम्मको सवाई जनजिब्रो सिञ्चित थिए । यी सवाईमा इतिहासका घटनाव्रmम झल्कन्छन् । कवि सुवानन्ददासले पृथ्वीनाराण शाहको विजय अभियान, ओलाङचुङगोलाका लालबहादुरले भोट लडाइँ र नरबहादुर रानाले जङ्गबहादुर राणाबारे सवाई रचेका थिए (शर्मा, २०६३, पृ. २६) । 

वि.सं. १९११ तिर भएको नेपाल–भोट युद्ध इतिहासका पानामा पाइन्छ । वीर शमशेरको नेतृत्वमा कुतीमा भएको लडाइँको वर्णन सवाई लयमा पाइन्छ (गिरी, २०५७, पृ.९७) । त्यस युद्धको एउटा सानो वर्णन यस्तो छ ः

सुन सुन पाँच म केही भन्छु

भोटका लडाइँको सवाई कहन्छु

आन्द्रा लागे छुत्ती खेल्न तिघ्रा लागे काम्न

सकिनँ महाराज पत्थरकला थाम्न

(पराजुली, २०५७, पृ. ३६९) 

यसका अतिरिक्त नरबहादुर रानाले वि.सं. १९३३ मा जङ्गबहादुर राणाको मृत्यु भएपछि लयात्मक शैलीमा ‘जङ्गबहादुरको सवाई’ तयार पारेका थिए । ओलाङचुङगोलाका नरबहादुरले पनि वि.सं. १९२२ मा ‘भोट लडाइँको सवाई’ बनाएका थिए (शर्मा, २०६३, पृ. २६) ।

अहिले सवाई सुन्ने र सुनाउने परम्परामा पूर्णविराम लागिसकेको छ । यससँगै मौखिक इतिहासको एउटा अध्याय सेलाए जस्तै भएको छ । तर पनि बचेखुचेका सवाईमा चिन्तन मनन र विश्लेषण गर्दा इतिहासका गहकिला प्रसङ्ग पर्गेल्न सकिन्छ । 

नेपाल–अङ्ग्रेज युद्ध

नेपालको लगभग एक तिहाइ भूभाग हरण हुने गरी भएको नेपाल–अङ्ग्रेज युद्ध लोकस्मृतिबाट हट्ने कुरै भएन । त्यसबेला नेपाल–अङ्ग्रेज युद्धका बेला लोककण्ठमा धेरै लोकगीत ध्वनित भए होलान् । तर नेपाल–अङ्ग्रेज युद्ध भएको दुई शताब्दीभन्दा बढी समय व्यतीत भइसकेको छ, जुन एक हिसाबले लामो कालखण्ड हो । त्यसबेला चलेका लोकगीत लोकस्मृतिमा उतिविधि भेटिँदैनन् । त्यसबेलाको घटनालाई झल्काउने एउटा खाँडो चाहिँ कृष्णप्रसाद पराजुलीका कृति ‘नेपाली लोकगीतको आलोक’मा अभिलेखित छ, जुन यस प्रकार छ ः 

गोर्खे खाँडो जाग्दै जा

कुइरे लगतै भाग्दै जा

कुइरेका मुडमा खुकुरी

जक्ख्याइदिम्ला दुगुरी ।

(पराजुली, २०५७, पृ. ३६४)

घाँटुमा प्रतिविम्बित इतिहास 

गण्डकी भेगमा दुरा, गुरुङ, मगर आदि समुदायमा प्रचलित घाँटु नृत्यबारे अनेकौँ कथा र ऐतिहासिक वर्णनहरू सुन्न पाइन्छ । घटना मूल पात्रहरू यम्फावती र परशुरामबारे अनेकौँ स्थानीय संस्करणयुक्त लोककहावतहरू ग्रामीण समाजमा प्रचलित छन् । यस व्रmममा राजा परस राम (परशुराम) लडाइँमा मारिएपछि रानी यम्मावती (यम्फावती) सती गएको कारुणिक कहानी ‘पचहत्तर जिल्लाका लोककथा’ मा वर्णित छ (आचार्य, २०७२, पृ. १७०–१७२) ।

घाँटुका गीतमा पूर्वउल्लिखित पात्रहरू यम्फावती र परशुरामका उथलपुथलपूर्ण र कारुणिक कहानीले भरिएको हुन्छ । यो कहानी विशुद्ध कहानी हो वा ऐतिहासिकता बोकेको कुनै यथार्थ सामाजिक तथा राजनीतिक घटना पनि हो भन्नेबारे यकिन गरेर भन्न सकिने अवस्था छैन । यद्यपि कतिपय अध्येताले यसलाई वास्तविक घटना मानेका छन् । उदाहरणका लागि, डोलराज काफ्लले परशुरामलाई प्रतापी शाही पनि भन्ने गरिएकोे गरिएको र उनी लमजुङका पहिला शाह राजा कालु शाहका छोरा हुन्, जो पछि गोरखाका राजा भएको तर्क पेस गरेका छन् (काफ्ले, २०५६, पृ.४४–४५) ।

घाँटुका अतिरिक्त बालन, सोरठी, कृष्ण चरित्र, लोकगाथा आदिको नेपाली लोकजीवनमा गहिरो प्रभाव छ । यस्ता सांस्कृतिक निधिहरूमा लोकजीवन तथा आध्यात्मिक जीवनका अनेकन् अध्याय भेटिन्छन् । यस्ता सांस्कृतिक निधिका अन्तर्वस्तुलाई थप अन्वेषण, विश्लेषण र अर्थापनका लागि पर्याप्त ठाउँ छ, जसबाट छिपेर रहेका लोकजीवनका कथा–व्यथा तथा ऐतिहासिक तथ्य उजागर हुन सक्छन् ।

खाद्य संस्कृति

लोकगीतमा खाद्यसंस्कृति झल्कने असङ्ख्य दृष्टान्त पाइन्छन् । हामी म्याग्डोनाल्ड युगमा प्रवेश गरिसकेका छौँ । हाम्रो खाद्यसंस्कृतिमा आमूल परिवर्तन आइसकेको छ । समयव्रmममा परम्परागत खाद्यसंस्कृति झल्कने थुप्रै गीत विलोपीकरण भइसकेका छन् । विगतमा चामलको सिरौँला बनाएर खाने चलन थियो । यही खाद्यपरम्परासँग जोडिएको एउटा गीत बाल्यकालमा गाउँघरमा सुनिन्थ्यो, जुन गीतको एउटा टुक्का यस्तो थियो :

यो मायाले दिएको सिरौँला

 कि त खाउँला कि पैँचो तिरौँला  

प्रस्तुत गीतको रचनाकाल र रचनाकारबारे कुनै जानकारी भेटिँदैन । यद्यपि यसबारे यति कुरा चाहिँ निश्चिततापूर्वक भन्न सकिन्छ– यसले हाम्रो रैथाने खाद्यपरिकार र खाद्य संस्कृतिको इतिहास बोलिरहेको छ । यसबारे थप खोज अनुसन्धान हुने हो भने यसको जरो नै भेट्टाउन सकिएला ।

असारै खाउँला दुदिलो मकै साउनै आउँला खिर

घरमा छैन शीतलु वचन मनमा छैन थिर

पुराना पुस्ताको गलामा गुन्जिने यस गीतले पनि हाम्रो खाद्यसंस्कृतिकै आयाम झल्काउँछ । मौलिक लोकगीतको रचनाकार अज्ञान रहने भएकाले प्रस्तुत गीत कसले रचेका हुन् भन्ने खुल्दैन । एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको यस गीतले असारमा दुधिलो मकै खाने तथा साउनमा खिर खाने नेपाली संस्कृतिको झलक दिन्छ । नेपालमा मकै तुलनात्मक नयाँ बाली मानिन्छ । यस दृष्टिले दुधिलो मकै खाने चलन खिर खाने चलनभन्दा पछि चलेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । गीतको दोस्रो हरफले कसैले बुहार्तन खेप्नुपरेको तर त्यो पात्र को हो भन्ने खुल्दैन । तैपनि आमबुझाइमा बुहारीले नै यस्तो सास्ती खेपेको देखिन्छ । यस आधारमा ती अज्ञात पात्र घरकी बुहारी हुन् भन्ने अनुमान गर्न सकिन्छ । 

भातैमा पाक्यो ज्यान गुदुमा गुदु तिहुन त करेला

तपाईंको दन्त दारिमको बियाँ नक्कले परेला

(चूडाल, २०७७, पृ.९६)

प्रस्तुत गीत पनि जर्मनीको युद्धबन्दी गुमानसिंह लामाकै हो । गीतको पहिलो हरफले भात पाक्ने प्रव्रिmया र तिहुनको प्रकारबारे स्रोतागणलाई अतीततिर फर्काउने गरी वर्णन गरेको छ । विगतमा गाउँबस्ती अनिकालग्रस्त हुने गरेका संस्मरण पाका पुस्ताबट सुन्न पाइन्छ । घरमा भोका लालबाला छाडेर बेसाहा खोज्न हिँडेका पीडादायी कहानी अभैm पनि सुन्न पाइन्छ । जनकवि धर्मराज थापाले आफ्ना कृति ‘गण्डकीका सुसेली’ मा प्रस्तुत गरेका ठाडो भाकाका यी पङ्क्तिहरूमध्ये पहिलो दुई हरफले विगतमा नेपाली गाउँबस्तीमा देखापर्ने अनिकालको अवस्थालाई तलका हरफले चित्रण गर्छन्ः

अहिलेको वरिस ठुलो अनिकाल

सुका पानी भावै भयो

बालक कालमा लाको मायाजाल

 बिर्सन धौ भयो 

(थापा, २०३०, पृ. ६०)

कर्खाले बोकेको इतिहास 

गन्धर्व समुदायले सारङ्गी रेट्दै भाका हालेर गाउने घटनाप्रधान गीत नै कर्खा हो । कुनै समयमा जिउँदो समाचारपत्रका रूपमा रहेको कर्खा मौखिक इतिहास हुन् । समयव्रmमसँगै कर्खा विलोपीकरणको सँघारमा पुगेको छ । 

प्रत्येक कर्खामा अन्वेषणीय एतिहासिक खुराक भेटिन्छन् । यसमा युद्ध र राजा–महाराजाका बखाननामा भेटिन्छन् । यद्यपि यसमा राजा–महाराजाका बखाननामा मात्र होइन, बाढीपहिरो जस्ता प्राकृतिक वितण्डा, आपराधिक घटना, युद्ध तथा स्थानीय घटनाव्रmमहरू पनि समेटिन्छन् । यसमा ‘ग्रासरुट्स’ तहमा रहेका नागरिकका कथा–व्यथाले पनि पर्याप्त मात्रामा स्थान पाउँछन् । कर्खामा स्थानीयपन झल्कने जनइतिहास प्रचुर मात्रामा भेटिन्छन् । 

तथा समाजमा घटेका घटनाहरूलाई समावेश गरिन्छ । कर्खामा ऐतिहासिक घटनाव्रmमदेखि निकट–अतीतमा घटित घटना (सिंहदरबारको आगलागी काण्ड, राजा वीरेन्द्र शाहको वंशनाश आदि) वर्णन पाइन्छ । कर्खाले इतिहासको भावसागरमा छिपेर रहेका अनेकौँ सामाजिक, सांस्कृतिक तथा राजनीतिक अध्यायहरू उजागर पार्नलायक खजाना पस्किने गर्छ ।

जीवेन्द्रदेव गिरीले ऐतिहासिक योद्धा भक्ति थापा, प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा, लामो समय सत्तामा रहेका शक्तिशाली राणा प्रधानमन्त्री चन्द्रशमशेर, जङ्गबहादुरको सेनामा भर्ती भई हवल्दार पद्वी पाई सन् १८५७ को लखनउ विद्रोह दबाउन जाँदा ज्यान गुमाएका नवलसिङ बनियाको कर्खा प्रस्तुत गरेका छन् (गिरी, २०५७, पृ.४७–७६) । यी कर्खाहरूबाट तत्कालीन समयको सामाजिक–सांस्कृतिक परिवेश तथा ऐतिहासिक घटनाव्रmमको ज्ञान हुन्छ ।

अन्य अध्येताहरूले पनि कर्खा र ऐतिहासिक घटनाव्रmमको नाता सम्बन्ध देखाएर अध्ययन गरेका छन् । चूडामणि बन्धुले कर्खामा द्रव्य शाहदेखि सुगौली–सन्धिसम्मका ऐतिहासिक घटनाव्रmमसम्म समेटिएको पाइएको चर्चा गरेका छन् (बन्धु, २०७३, पृ. ४८–४९) । कास्की हेम्जाकी हीरादेवी गाइनेनीले माथरसिंह थापाको कर्खा गाएको प्रसङ्ग कमल दीक्षितले ‘बुइँगल’ मा चर्चा गरेका छन् (दीक्षित, २०३४, पृ. ३३२) ।

उपसंहार

लोकगीतका अध्येताहरू बुझाइमा हरेक लोकगीतमा वास्तविक जीवनको कथाहरू लुकेका  हुन्छन् । अझ यसरी भनौँ, हाम्रा लोकगीतमा लोकजीवनमा असङ्ख्य कथा छिरल्लिएका छन् ।  ती अलिखित कथाहरू इतिहासका स्रोत हुन् । सङ्गीत अध्येता लिन्डा डिजुरस पनि यसमा पूरापूर सहमत छन् । वास्तवमा हाम्रा लोकगीतमा सर्वसाधारण नागरिकका बेहिसाब कथाकुथुङ्ग्री लुकेका छन् । प्रथम तथा दोस्रो विश्वयुद्धमा भाडाका सिपाहीका रूपमा अरूका लागि रगतको खोलो बगाउने हाम्रा पितापुर्खा, अरबको खाडीमा पसिनाले निथ्रुक्कै भिज्दै घरपरिवारका लागि रोटो–भोटोको जोहो गर्नुपर्ने बाध्यतामा फसेका मुगलानीका पसिना र सुस्केराले बनेका सयाँैँ कष्टपूर्ण कथा नेपाली लोकगीतमा उनिएका छन् । 

योगमायाले १९९८ असार ३१ गते आफ्ना अनुयायीसहित अरूण नदीमा जलसमाधि लिएको लिँदाको दुःखान्त कथा आज पनि सङ्खुवासभा र भोजपुरमा प्रचलित लोकभाका र भजनहरूमा प्रतिविम्बित छन् (तिम्सिना, २०८०, पृ. ९६) । यद्यपि यस्ता सामाजिक इतिहासको व्यवस्थित खोज तथा अभिलेखन हुन सकेको छैन ।

धर्मराज थापा, कलानाथ अधिकारी, अलिमिया, केवलपुरे किसान, गोकुलप्रसाद जोशी, जनकप्रसाद हुमागाई, देवीप्रसाद वनवासी जस्ता काव्यप्रतिभाका अतिरिक्त कलाकार भनेर नचिनिएका असङ्ख्य ग्रामीणजनहरूले लोकसुसेलीमार्पmत जनसाधारणका कथा–व्यथा पस्किए, पस्किँदै छन् । उहाँहरूका कलात्मक अभिव्यक्तिलाई चिरफार गर्ने हो भने जनस्तरका असङ्ख्य एतिहासिक खजना पाउन सकिन्छ ।

जनजीवनका कथा कोरल्ने लोकगीत आपैmँमा इतिहास हुन्, जसमा इतिहासका अनमोल तìव वा ज्ञान छरपष्ट छन् । खोजीपसेमा लोकगीतको विपुल भावराशिमा इतिहासका पुस्तकमा नभेटिएका ऐतिहासिक प्रसङ्ग लोकगीतमा भेटिन सक्छन् । लोकगीतको भण्डारमा रहेका हाम्रा बेहिसाब गीतको परिशीलन तथा विश्लेषण गरेर इतिहासम्बन्धी ज्ञान उत्पादन गर्न सकिने पर्याप्त ठाउँ छ । इतिहासको अपहेलित स्रोतका रूपमा रहेको लोकगीतबारे थप अध्ययन–अनुसन्धान सर्वथा अपेक्षित छ ।