प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।
प्रहरीले लाख डलर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ घर भइ हाल काठमाडौंको नागार्जुन–९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ रहेका छन् ।
काभ्रेपलाञ्चोकको पनौतीका स्रस्टा निरु न्यौपानेको दुई कृति र एउटा गीत लोकार्पण गरिएको छ ।
औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ वटा विदेशी कम्पनी छनौट गरेको छ ।
विष्णुप्रसाद पोखरेलदमक, असार ७ गते। झापाको दमक ७ स्थित रतुवा पुल उत्तर क्षेत्रमो पक्की तटबन्धन भत्किएपछि स्थानीयहरु रातभर जागै बस्न बाध्य भएका छन्। तत्काल कटान रोक्नका लागि स्थानीयले माग गरेका छन्। दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार खोला किनारको सडक भत्किन थालेको र उक्त सडक भत्किएको जनाउँदै खोला नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको बताउनुभयो। कटान जारी हुँदा नेपाल रेडक्रस सोसाइटीमा निर्माणाधीन प्रदेशस्तरीय बाल अस्पताल, दमक उद्योग वाणिज्य सङ्घ, रोज गार्डेन लगायतका संरचनामा क्षति पुग्ने र सयौं घरपरिवार प्रभावित बन्ने देखिएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। ‘हामी स्थानीय पानी नरोकिँदा रातभर निदाउन सकेका छैनौं’, उहाँले भन्नुभयो। कतिखेर पानी पसेर विजोग हुने र संरचना भत्काउने हो भन्ने चिन्ता भएको उहाँको भनाइ छ। खोलाको किनारमा रेक्रस भवनमा नै सर्पदंश उपचार सेवा र रक्त सञ्चार सेवासमेत सञ्चालनमा रहदै आएको छ।नेकपा माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतमका अनुसार कटान भइरहेको क्षेत्र रतुवा पुल र राजमार्गबाट नजिक रहेकाले यसले गम्भीर क्षति गर्नसक्ने नगर प्रमुख थापासहित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइएको बताउनुभएको छ। दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौड्यालका अनुसार करिब रतुवा पुलसम्म तटबन्धन गर्न चार सय मिटर बाँकी रहेकाले तटबन्धनको काम भइरहेको भए पनि वर्षाका कारण काम छिटो गतिमा अघि बढ्न सकेको छैन। कतिपयले तत्काललाई खोला च्यानालाइज अर्थात् अहिले बगेभन्दा अर्को दिशामा लैजान पनि सुझाव दिइरहेकाले यस विषयमा छलफल भइरहेको जनाउनुभयो।
वायुसेवा सञ्चालक सङ्घले बुधबारदेखि आपतकालीन उद्धारलगायत नियमित उडानहरु स्थगित गर्ने निर्णय गरेको छ ।
धर्वेन्द्र झाधनुषा, असार ७ गते। मधेश प्रदेशमा मङ्गलबारदेखि कोभिड-१९ खोप घुम्ती सेवा सञ्चालन भएको छ। मधेश प्रदेश सरकार, अष्ट्रेलियन एड तथा आड्रा नेपालको संयुक्त सहयोगमा बागमती सेवा समाज सर्लाहीले सञ्चालन गरेको घुम्ती कोभिड-१९ खोप सेवालाई मङ्गलबार औपचारिक रुपमा सुरु गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकासमन्त्री नवलकिशोर साह र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्तरुपमा अभियान शुभारम्भ गर्नुभयो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले खोप लिन छुटेका लक्षित वर्गलाई सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोभिड–१९ को भ्याक्सिनले जनजीवनलाई सहज बनाएको स्मरण गर्दै वृद्ध, अशक्त, अपांग तथा दीर्घरोगीका साथै बच्चाको लागिसमेत घुम्ती सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना माहामारीको नियन्त्रणमा कोरोना विरुद्धका विभिन्न खोप प्रभावकारी भएको भन्दै छुटेलाई सहभागी गराइने बताउनुभयो। मधेश प्रदेशमा ८० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लिएको कारण बाँकी रहेका २० प्रतिशतलाई लक्षित गरेर एक सय दिनसम्म सञ्चालनमा रहने घुम्ती सेवाबाट एक लाखभन्दा बढी व्यक्ति लाभान्वित हुने लक्ष्य स्वास्थ्य निर्देशनालयले लिएको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ ।
एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भयो ।
काठमाडौं, असार ७ गते। नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीको मताधिकारको सुरक्षाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार विदेशमा रहेका नेपालीको मताधिकार प्रबन्ध गर्न आवश्यक कानुन निर्माण गर्ने र यसका लागि आवश्यक बन्दोबस्त मिलाउनुपर्ने विषयमा आयोगको ध्यानाकर्षण गराउनुभएको हो।महामन्त्री शर्माले सम्मानित सर्वोच्च अदालतको फैसला लगत्तै पार्टीको महासमितिको बैठकले पनि विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्नेबारे सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो। “विगतका मुद्दालाई घनिभूत र निर्णयमा पुर्याउन अग्रसर हुने र आन्तरिक रुपमा जुन कानुन तयार हुँदैछ, मतदानको अधिकारलाई अगाडि बढाउन सुनिश्चित गरौं भनेर छलफल भएको हो”, उहाँले भन्नुभयो। नेपालबाहिर रहेका नेपालीको भावना गाँस्ने र अमेरिका, जापान, क्यानडाको डलर मात्रै होइन भोट पनि चल्ने दिन आउनुपर्ने शर्माले उल्लेख गर्नुभयो। यसैगरी, निर्वाचन आचारसंहिता कार्यान्वयन हुन नसकेको विषयमा पनि छिट्टै नै सबै राजनीतिक दलसँग छलफल गरिने महामन्त्री थापाले बताउनुभयो। “मतदान अधिकार प्रारम्भमै अस्तव्यस्त, यति धेरै कष्ट झेल्ने कुरा, नामावाली संकलन गर्ने, निर्वाचनको खर्चको सीमा एउटा तोकिएको छ, साँच्चिकै निर्वाचनको खर्च घटाउने विषयमा सुझावको कुरा छ। सबै दललाई बोलाएर छलफल गरेर अघि बढ्ने कुरा भएको छ”, थापाले भन्नुभयो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था रहेको बताउनुभएको छ ।
काठमाडौं, असार ७ गते। पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ। मङ्गलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै रवि लामिछानेले आफ्नो नेतृत्वमा स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो। ‘‘म कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ’’, लामिछानेले भन्नुभयो। लामिछानेले स्वतन्त्र ढङ्गले अगाडि बढ्नसक्ने अवस्था रहे पनि देश बदल्नका लागि राजनीतिक दल आवश्यक रहेको भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गर्नुभएको हो। लामिछानेले देशको जर्जर संरचना परिवर्तनका लागि राजनीतिक पार्टी बनाएर अघि बढ्ने बताउनुभयो। ‘‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीसँगै अघि बढ्छु। म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु’, लामिछानेले भन्नुभयो। यो राजनीति बाटो गाह्रो भए पनि असम्भव नभएको उहाँको भनाइ छ। लामिछानेले आफ्नो चुनावी एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको बताउनुभएको छ। उहाँले दलमा कोही पनि कार्यकर्ता बन्नु नपर्ने तर समर्थक हुन पाउने बताउनुभएको छ। पार्टीमा कुनै पनि भ्रातृ सङ्गठन नहुनेसमेत उहाँले प्रष्ट पार्नुभएको छ। स्वतन्त्र पार्टीको प्रारम्भिक कमिटीमा २१ जना सदस्य रहेको उहाँले बताउनुभएको छ। स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी हुने उहाँको भनाइ छ।लामिछानेले क्षमतावान स्वतन्त्रलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गर्नुभएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।
राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफल जारी रहेको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।