धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो ।
जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुनचौपारी–१ सहेले सडक आठौं दिनामा खुलेको छ ।
गाउँ पसेको दुर्लभ अजिङ्गरको उद्धार गरिएको छ । गएराति कैलारी गाउँपालिका–५ स्थित बिसनपुर गाउँमा पसेको अजिङ्गरको उद्धार गरिएको हो ।
दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यति बेला भ्याइनभ्याइ छ ।
दुई साताअघि जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध गरेको आक्रामक हमलापछि उत्तरी म्यान्माको लडाइँबाट करिब ५० हजार सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
डिजिटल वालेट ‘हाम्रो पे’बाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डिजिटल वालेटको मर्चेन्ट नेटवर्कमा भाटभटेनी समेत समावेश भएको हो ।
कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पको केन्द्रबिन्दु हो, जाजरकोटको रामीडाँडा । त्यहाँ भूकम्प भएको आठ दिन भइसकेको छ ।
विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.हेमराज पन्त चयन हुनुभएको छ ।
प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ ।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विस्फाेटकक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ ।
झापाको अर्जुनधारा नगरपािलका– १० मा भएको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।
हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत सुविधा पुगेको छ । नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन् ।
पोखरामा पहिलो पटक मौलिक संस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । महोत्सवमा बिभिन्न जातजाती विशेष तथा समुदाय विशेषको देउसीभैलो प्रर्दशन हुने जनाइएको छ ।
दाङको घोराही उपमहानगरपालिका–५ को वसन्तापुरमा जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट १२ जना बढी घाइते हुनुभएको छ ।
भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनबिनै नवीकरण भएको हो ।