झापा शिवसताक्षी नगरपालिकामा एक महिलाको शव फिलुङ्गेको नलले छोपेको अवस्थामा भेटिएको छ । वडा ६ स्थित स्थानीय ६३ वर्षीय शान्तिमाया प्रधानको शव बिहीबार बेलुका उहाँकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रिय चिया दिवसका अवसरमा आज इलामको सूर्योदय नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले किसान परिचय पत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्नका लागि परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख रुपियाँ दिने मन्त्रीपरिषद्को निर्णयबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । राष्ट्रिय युवा संघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयबिरुद्ध आज बुझाएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र तीन जना बिना विभागीय मन्त्रीहरुले शपथ लिनुभएको हो ।
चिशंखुगढी गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराएसँगै जिल्लामा अब मापसे परिक्षण हुने भएको हो ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेको छ । दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताउनुभएको छ ।
नेपाल मेडिकल काउन्सिलको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विपिएच पहिलो व्याच एकसय प्रतिशत उत्तीर्ण भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो । उहाँहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउनुभयो ।
इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ बाट ३ जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समानता र वैचारिकताको आधारमा सबै पार्टीसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन वैशाख १६ गतेदेखि विवरण सङ्कलन गर्न लागिएको हो ।