मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।
प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले देशको अर्थतन्त्र रेमिटान्सले धानेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा आयोजित गुल्मी लगानी सम्भाब्यता कार्यशाला गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
बाँकेमा अनौठो घटना घटेको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखिदिएको छ ।
भूकम्पको कारण मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राहत रकम वितरण गर्न थालेको छ । प्रशासनले मृतकको घरमै गएर मृतकका परिवारलाई दुई लाख रुपियाँको दरले राहत दिन थालेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमघाम गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । चाडपर्वको अवसर पारेर आन्तरिक पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिरहेकाले अवलोकन गर्नेको सङ्ख्यामा बढोत्तरी भएको हो ।
धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ ।नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबिच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल टेनिस खेलाडी सुनिरा थापाले शुक्रबार वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत पदक जित्नुभएको छ । बङ्गलादेशको ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स एकल फाइनलमा भारतकी एलिना फरिडसँग ६–३ र ६–४ ले चुकेपछि सुनिरा रजतमा सीमित हुनुभयो ।
आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार हुँदैगएको देखिएको छ । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताउनुभएको छ । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताउनुभयो ।
चालू आर्थिक वर्षको सुरुको तीन महिनामा विदेश पढ्न जाने विद्यार्थीले ३३ अर्ब लिएर गएका छन् ।
म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् ।