नेपालको लोकतान्त्रिक आन्दोलनको सूत्रपात गर्ने गोरखाका लखन थापा मगर, शुकदेव गुरुङ र सुपति गुरूङ हुँदै सिन्धुलीका कृष्णप्रसाद कोइराला (बीपी कोइरालाका पिताजी) र कविवर धरणीधर कोइरालासम्मको जागरण अभियानले निरङ्कुश राणा शासक चन्द्र शमशेरको मथिङ्गल खल्बलाइदिएको थियो । यो जागरण अभियानलाई भारतको अङ्ग्रेजी पल्टनका जमदार केशरसिंह गुरू
भूकम्प प्रभावित पीडितका अस्थायी टहरा निर्माण गर्न थालिएको छ । नलगाड नगरपालिका १ चिउरीमा अस्थायी टहरा निर्माण गर्नु भएको हो ।
भूमि शब्दकोषका अनुसार जग्गा भन्नाले नाप जाँचपश्चात् आवश्यक विवरणसहित कित्ता कायम भएको भूमिको भाग, निश्चित क्षेत्रफल, कित्ता नम्बर स्वामित्व र भूसम्बन्धको अभिलेख भएको भूमिको एक भाग भनी परिभाषित गरिएको छ । जग्गा नाप जाँच ऐन, २०१९ को दफा २ (क) ले जग्गा भन्नाले घर, बगैँचा, रुख, कारखाना, ताल, पोखरी इत्यादि भएको समेत सबै किसिमको जग्गा सम्झनु पर्छ भनी परिभाषा दिएको छ । मालपोत ऐन, जग्गा नाप जाँच ऐन र मुलुकी देवानी संहितासमेतको आधारमा भन्नु पर्दा नेपालमा निजी, सरकारी, सार्वजनिक, गुठी, बिर्ता, सामुदायिक गरी मुख्य रूपमा छ
देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । शिक्षा देश विकासको मेरुदण्ड पनि हो । प्रत्येक विकसित राष्ट्रले पहिलो प्राथमिकता शिक्षालाई नै दिँदै आएको पाइन्छ । अनि अल्पविकसित राष्ट्रहरू पनि त्यही पथमा अग्रसर भएको भान हुन्छ । वास्तवमा ‘ज्ञान नै शक्ति हो’ भन्ने युक्तिलाई दृष्टिगत गर्दै हरेक देशले आफ्ना नागरिकलाई शिक्षित गराउन आवश्यक छ । जबसम्म नागरिक शिक्षित बन्दैनन्, तबसम्म देश विकासको परिकल्पना गर्नु व्यर्थ हुन्छ । आधुनिक संसारमा शिक्षाको भूमिका अनि अवस्था कस्तो छ भन्ने कुरामा हरेक शिक्षित व्यक्ति र राजनीतिज्ञले हेक्का राख्न जरुरी छ ।
“अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो” भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न सफल भएको संस्था हो । यसले असल नागरिक र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम कर्णधार तयार गर्ने लक्ष्य बोकेको अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था पनि हो । एनसिसी नेपालको स्थापना विसं २०२२ सालमा भएको हो । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको अभिभावकका रूपमा रहनाले पनि यसको गरिमा तथा महत्व पनि उत्तिकै छ ।
अब त गाउँ सम्झन दसैँ आउनुपर्ने भएछ । हो, मलाई पनि यस्तै अनुभूति भइरहेछ । दसैँ आउँछ, गाउँ भरिन्छ, गाउँ साँच्चिकै गाउँ जस्तो देखिन्छ । भुरुरुरु उडेर वा मोटरमा गुडेर आएका चार दिने गाउँका पाहुनाहरू त्यसै गरी उडेर वा गुडेर जान्छन् । गाउँ पूर्ववत् शून्य हुन्छ । गाउँ यथार्थमा गाउँ जस्तो रहन्न । गाउँको वर्तमान अवस्था यस्तै छ । दिन दुगुना, रात चौगुना गाउँको रूपरङ्ग यसै गरी बदलिएको छ । पोहोर साल जस्तै मलाई यस पाला पनि दसैँले गाउँ सम्झायो । मातापिताले दसनङ्ग्रा खियाएर आर्जेको भूमिको सम्झना गरायो । उहाँहरूका पौरखले ठड्याएको तीनतले घरले मोहित तुल्यायो । आफैँले चहारेको खेतबारी, पाखोप
तनहुँको भानु नगरपालिका–८ बलेफाँँटमा किसानलाई धान भित्र्याउने चटारो । जिल्लाका भानुका चुदीफाँट, बलेफाँट, व्यासको साँगेफाँट, रिस्तीफाँटलगायतका क्षेत्रमा पाकेका धान भित्र्याउन व्यस्त छन् ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।
हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ । त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको हो । उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुक्रबारदेखि देशभरका हलमा चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ । चलचित्रमा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरिएको छ । आकाश बरालको कथा रहेको चलचित्रमा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । सुजनबम ठकुरी निर्माता रहनुभएको चलचित्रका निर्देशक/निर्देशन निश्चल बस्नेत हुनुहुन्छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।