रुकुमपश्चिमका भूकम्प प्रभावितहरुको लागि भाटभटेनी सुपर मार्केट प्रालिले खाद्यान्न सहयोग गरेको छ । भाटभटेनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकाका प्रभावितलाई सहयोग गरेको हो ।
अनेकौँ बाधा अड्चन र चुनौतीबीच राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस चालकलाई प्रशिक्षण दिइएको छ । यसले सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनीकरण हुने पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।
तिहार सुरु भएसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो ।
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । समयमै अस्पताल पुर्याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।
सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ ।नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार, मङ्गलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा १२ दिनको अवधिमा १७ सयबढी सेवाग्राहीबाट झण्डै तीन करोड बाँकी बक्यौता रकम असुल भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालकाे बदनाम गर्ने काम अस्पताल भित्रकै केही विचौलियाले गरिरहेको बताउनुभएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज (शनिबार) रुकुम पश्चिम पुग्नुभएको छ ।
तिहारको समयमा पनि पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । तोकिएको समयमा नै आयोजना सम्पन्नका लागि सहयोग पुर्याउने उद्देश्यले आयोजनाको पूर्वी र पश्चिम दुवै खण्डमा राजमार्ग विस्तार कार्य धमाधम भइरहेको हो ।
इजिप्ट र कतारी नेताहरूले गाजामा इजरायली सैन्य वृद्धिबारे छलफल गरेका छन् ।
इण्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिणपूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना ल्याएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गोलिया काट्ने क्रममा रुखले चेपिएर एक युवकको मृत्यु भएको । प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका ३१ वर्षीय सुमन लिम्बूको मृत्यु भएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत महसुल नतिरेका एक सय ८३ जना ग्राहकको लाइन काटेको छ ।