कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सांसदसँग २५ लाख भन्दा कमका विकास योजना माग नगर्न आग्रह गर्नुभएको छ।
डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।
कात्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति गरेको छ ।
प्रथम वीरगञ्ज गोल्डकपको उपाधी विभागीय टिम नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ट्राई बेक्ररमा पराजित गर्दै उचालेको छ ।
हिल्दुम विद्युत बितरण केन्द्रले अबरुद्ध भएको १५ दिनपछि बिधुत आपुर्ति सुचारु गरेको छ । केन्द्रको पावरहाउसको मुख्य क्यानल र नहरमा पेनस्टिक पाईप जडान कार्य सम्पन्न भएपछि केन्द्रले बिधुत आपुर्ति सुचारु गरेको हो ।
वरिपरि घना जङ्गल । नाकैअगाडि सेताम्मे हिमाल । दृष्टिले भ्याएसम्म देखिने पहाडका अग्ला चुचुरासहितका सुन्दर ग्रामीण वस्तीहरु छन् । बाटोमा फुलेका वनफुलहरु र पहाडको टुप्पोबाट देखिने सुर्योदयको मनोरम दृश्य, सुन्दर बस्ती, गुराँसे–जङ्गल र प्राकृतिक सौन्दर्यले सजिएको छ म्याग्दीको मालिका ।
काठमाडौं उपत्यकामा आज दिउँसो हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।
केन्द्रमा एउटै मोर्चा बनाएर अभियानमा जुटेका चार पार्टीले स्याङ्जामा पनि समाजबादी मोर्चा स्थापना गरेका छन् । यहाँ नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी, नेकपा (एकीकृत समाजबादी) पार्टी र नेकपाको आठ सदस्यीय समाजबादी मोर्चा बनाइएको हो ।
ताप्लेजुङवासी यतिबेला टिपताला नाका सञ्चालनको प्रतिक्षामा रहेका छन् । कोरोना भाइस (कोभिड–१९) महामारीपछि बन्द रहेको नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको टिपताला नाका सञ्चालनको प्रतिक्षामा जिल्लाबासी छन् ।
नेपालीको दोस्रो ठूलो चाड उज्यालोको पर्व दिपावली सुरुभएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजीजस्ता विस्फोटक पदार्थ नपड्काइ मर्यादित रुपले तिहार मनाउन अनुरोध गरेको छ ।
जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ ।
हेटौँडामा अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । हेटौँडा –७, नागस्वती बस्ने २७ बर्षीय भेषबहादुर खड्काको शुक्रवार मृत्यु भएको हो ।
कैलालीको धनगढीमा पाँच बिघा जमिनमा व्यावसायिक फूल खेती गरिएको छ। चाडपर्वमा हुने प्लाष्टिक मालाको प्रयोग रोक्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नगर क्षेत्रको विभिन्न स्थानमा फूल खेती गरिएको हो।
प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेपालमा स्थायी सरकार नहुँदा ठूलो समस्या आएको बताउनुभएको छ ।
प्रथम पुतलीबजार उपमेयर रनिङ कप अन्तर बिद्यालय छात्रा लिग क्रिकेटको उपाधि रोशनी आवासिय माविले जितेको छ । नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला क्रिकट टस जितेर पहिला ब्याटिङ रोजेको रोशनीले निर्धारित १० ओभरमा दुई विकेटका क्षतिमा ७८ रन