पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत रहेको पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शनिबार शिलान्यास गरिएको छ ।
लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता नदेखिएको बताउनुभएको छ । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले गम्भीरता नदेखाएका बताउनुभएको हो ।
बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाख बढी मूल्य बराबरको पटका नष्ट गरेको हो ।
नवलपुरको देबचुुली नगरपालिका ६ को गोरेघुुम्तीमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ ।जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउथवेस्टर्न स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीलाई ‘आउट स्ट्याण्डिङ एजुकेशन अवार्ड प्रदान गर्नुभएको छ ।
पेरुले मन्दी कायम हुँदा ब्याजदर घटाएको छ । पेरुको केन्द्रीय रिजर्भ बैंकको बोर्ड अफ डाइरेक्टर्सले ब्याजदरलाई ७.०० प्रतिशतमा घटाउने निर्णय गरेको हो ।
औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारित भारतको कारखाना गतिविधि वृद्धि अगस्टमा १०.४ प्रतिशतबाट सेप्टेम्बरमा ५.८ प्रतिशतमा झरेको हो ।
सातौं मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । प्रतियोगितामा निस्दी भलिबल क्लब पाल्पाले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–२ को सोझो सेटको अन्तरमा हराएको हो ।
झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा आयोजित प्रथम मेयरकप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।
दोलखाको शैलुङ गाउँपालिका–७ का युवाले गरेको व्यवसायिक फूलखेतीबाट लाखौँ आम्दानी भएको छ । स्थानीय युवाहरुले करिब ६६ रोपनी जग्गामा गरेको फूल खेतीबाट दसैंमा मात्र आठ लाख रुपियाँ आम्दानी भएको व्यवसायी सकुन बुढाथोकीले जानकारी दिनु भयो ।
भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् । शनिबार बिहानदेखि लागेको बादल र साँझ परेको पानीका कारण खुला चौरमा त्रिपालमूनि बसिरहेका भूकम्प प्रभावितहरुले थप पीडा थेप्न परेको छ ।
वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा पर्नुभयो ।
आइतबार नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको शुभकामना दिनुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताउनुभएको हो ।