संस्कृतिविद् एवम् सह–प्राध्यापक डा. राजनलाल जोशीले तिहारमा पाँच दिन गरिने पूजा विधि तथा यसको धार्मिक एवम् सांस्कृतिक महत्वको विषयमा धारणा राख्नुभएको छ ।
गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरूमा गम्भीरता नदेखिएको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले गम्भीरता नदेखाएका बताउनुभएको हो । उहाँले मन्त्रीहरूले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनु भयो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो ।
तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
करसम्बन्धी विविध जानकारीको अभावमा सेवाग्राही प्रभावित हुँदै गएको भन्दै स्याङ्जामा‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’ गरिने भएको छ ।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।
माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरूलाई लक्षित गरी आज सोमबारदेखि सञ्चालनमा आउन लागेको कोरला नाकामा दुवैतर्फ तयारी पूरा भएको छ ।
विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारतले नेदरल्याण्डसमाथि १६० रनको शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको भारतले दिएको ४११ रनको चुनौती नेदरल्याण्डसका लागि भारी भएको हो।
लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आज साँझ आगलागी भएको हो ।
स्याङ्जाको कालीगण्डकी–१ प्युँघामा आज साँझ जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट स्याङ्जाको कालीगण्डकीको कारीकोट आउदैगरेको ग १ ज ७६०४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
‘बाँके र बर्दियाका विभिन्न ऐतिहासिक गाउँ र पर्यटकीय स्थललाई जोड्न लुम्बिनी प्रदेश सरकारले ‘राँझा टु राजापुर’ पर्यटकीय राजमार्ग निमार्णका लागि डीपीआर सर्भे सुरु गरेको छ ।