बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।
पर्वतको कुश्मानगरपालिका एक कृषक आफ्नो हजुरबादेखि सुरु गरिएको रैथाने काय जातिको भेडापालन व्यवसायलाई गतिलो आम्दानीको स्रोत बनाउँदैआएका छन् ।
आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका ४ कमलडाँडाका महेन थापा मगरको मृत्यु भएको छ ।
उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यवसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ ।
चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आज (सोमबार)देखि नियमित रुपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङमा उत्साह छाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।
एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत सर्ट भएर आगलागी भएको हो ।
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा रक्तपात रोक्न इजरायललाई दबाब दिन आग्रह गर्नुभएको छ ।
साहित्यकार शारदा ज्ञवाली ढकालद्वारा लिखित ‘पोखिएको मन’ कविता सङ्ग्रह तथा ‘गजलश्रु’ गजल सङ्ग्रह विमोचन गरिएको छ ।
सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थल मै रोकिएको छ । अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थल मै रोकिनु परेको हो ।
कालिगण्डकी गाउँपालिका १ प्युघामा गए राती डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
भोजपुर नगरपालिका–८, बर बोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ । लक्ष्मीपूजा गरेको दिगोबाट आगो सल्केर घरमा एक्कासि आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरू जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठुलो आधार प्रदान गरेको बताउनुभएको छ ।
यतिबेला सबैतिर तिहारको रमझम छ । तिहारको तयारीमा सबै गाउँ तथा सहरका मान्छे जुटेका छन् । तर, रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ वडामा भने तिहारको कुनै मतलब छैन । यहाँका वडावासी परापूर्व कालदेखि नै तिहार मनाउँदैनन् ।