नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।
हलमा प्रदर्शन भइरहेको फिल्म 'प्रसाद २'को गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत 'क्रान्ति' बोलको गीत सार्वजनिक गरिएको हो ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ । यसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ ।
साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
बैतडीमा महिला हिंसाको अवस्था विकराल बन्दै गएको छ। एक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको २०७९ साउनदेखि २०८० वैशाखसम्म प्रहरीमा ३० वटा उजुरी परेका छन्। हिंसामा परेका १८१ महिलाको उद्धार गरिएको छ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले पीडित महिलाले सहजै न्याय पाउने वातावरण बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
गतवर्ष किताब नपाए पनि परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीले यो वर्ष भने भर्नाकै दिन किताब पाएपछि हर्षित देखिएका छन्।
फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई लोरियन्टको नमिठो धक्का लागेको छ ।
जुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरिएको छ। हिमाली आठ जिल्लामा पहिलो पटक हात्तीपाइले रोगको अवस्थाबारे अध्ययन थालिएको हो। कालीकोट, मुगु र हुम्लामा समेत हात्तीपाइले रोगको सर्वेक्षण गरिँदै छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अनुसार यसअघि हिमाली जिल्लामा हात्तीपाइले थिएन। अहिले जलवायु परिवर्तनसँगै लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइलेको अवस्था अध्ययन गर्न लागिएको हो।
स्थानीय सरकारले बस्ती विद्युतीकरणलाई प्राथमिकतामा राखेका छन्। हरेक घरमा बिजुली पु-याउने योजना क्रमशः पूरा हुने चरणमा अघि बढेको छ। कर्णालीका कैयौँ पालिका अहिले पनि विद्युत्विहीन छन्। केहीमा भने आंशिक रूपमा विद्युतीकरण भएको छ। आंशिक रूपमा विद्युतीकरण भएका स्थानीय तहमा पूर्ण रूपमा सेवा उपलब्ध गराउने योजनासाथ स्थानीय सरकार र नेपाल विद्युत् प्राधिकरण लागिपरेका छन्। केही स्थानीय तहमा प्राधिकरणले विद्युत् सेवा उपलब्ध गराउन सकेको छैन।
बढ्दो बसाइँसराइका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बसोबास गर्ने जनसङ्ख्या घट्दै गएको छ ।
दाङको दङ्गीशरण गाउँपालिकाले छोरी सम्मान कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्येक महिना छोरीको खातामा तीन सय रुपियाँ जम्मा गर्ने गरेको छ । गत वर्षको साउनदेखि सुरु भएको कार्यक्रमअनुसार गाउँपालिकाभित्र जन्मिएका छोरीको खातामा प्रत्येक महिना छोरीहरूको खातामा तीन सय रुपियाँ जम्मा गर्ने गरेको छ ।