जननेता मदन भण्डारी पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पिता देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीका माहिलो छोराको रूपमा २००९ साल असार १४ गते जन्मनुभएको हो । गृह जिल्लामा सामान्य पढाइपछि उहाँले स्नातकोत्तर तहसम्मको शिक्षा बनारसबाट पूरा गर्नुभयो
बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो ।
झापा, असार १४ गते। झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण २७७ घरपरिवार प्रभावित भएका छन्। वर्षाले जिल्लाका विभिन्न स्थानमा भएको डुबान तथा नदी–खोलामा आएको बाढी गाउँबस्ती पस्दा उनीहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गौरीगञ्ज, शिवसताक्षी, गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको क्षति विवरणमा उल्लेख छ।कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सो स्थानमा रहेको नेपाल–भारत सीमास्तम्भ (पिलर नं २८, २९) डुबान भई नदेखिने भएको कार्यालयले जनाएको छ।त्यस्तै शिवसताक्षी नगरपालिका–१ स्थित हरिदेव ताजपुरियाको कुखुरा फाराममा पानी पस्दा रु १० लाख ४० हजार बराबरको एक हजार दुई कुखुरा मरेको कार्यालयले जनाएको छ। जिल्लामा मानवीय क्षति भने भएको छैन।शिवशताक्षी–११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ। यस्तै झापा गाउँपालिका–६ बालुबथानमा तिरिङखोलाको बाँध फुटेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।जिल्लाका विभिन्न स्थानमा घर तथा पसलहरुमा पानी पसेको छ। जसका कारण चामल, दाललगायतका खाद्य सामग्री नष्ट भएको कार्यालयले जनाएको छ। रासस
भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गर्नुभएकोे छ ।
पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार ५:५० बजे दुर्घटना हुँदा मोटर साइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
काठमाडौं, असार १४ गते। गृहमन्त्री बालकृष्ण खाणले विपद व्यवस्थापनमा क्षेत्रमा सरकार अत्यन्त गम्भीर भएर काम गरिरहेको बताउनु भएको छ। गृहमन्त्री खाणले आवश्यक प्राविधिक सहयोगसमेत लिने तयारीमा सरकार रहेको बताउनु हुँदै विपद्का अवस्थामा सहयोग र सहभागिताका लागि निजी क्षेत्रलगायतका सरोकारवालालाई आग्रह गर्नुभयो। राष्ट्रिय व्यावसायिक पहलद्वारा मङ्गलबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्रीले सरकार, दातृ निकायसँगको सहकार्यमा बृहत् कोष खडा गरेर आवश्यक प्राविधिक सहयोगसमेत लिने तयारीमा रहेको उल्लेख गर्नुभयो। उहाँले जुनसुकै विपद्का अवस्थामा सहयोग र सहभागिताका लागि निजी क्षेत्रलगायतका सरोकारवालालाई आग्रह गर्नुभयो।
मौसम पूर्वानुमान महाशाखाले देशभर अझै तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ। देशभर मनसुनी वायुको प्रभावले अहिले वर्षा भइरहेको र योक्रम तीन दिनसम्म चल्ने महाशाखाको पूर्वानुमान गरेको हो।
विभागीय टोलीको नेपाल पुलिस क्लब र एपीएफ क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित कभर्डहलमा मंगलबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी गम्भीर घाइते भएका छन्।
नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद्को बैठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताउनुभएको छ।
अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा अपन राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हरायो ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिनुभएको छ । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाई बधाई दिनु भएको हो ।
नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ।
मुलुकको विभिन्न स्थानमा चट्याङ लागेर छजनाको मृत्यु भएको छ । प्रहरीले कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)का विभिन्न स्थानमा चट्याङ लागेर छजनाको मृत्यु भएको जनाएको हो ।