तेस्रो चीन-अमेरिका-क्यानडा बौद्ध मञ्च पूर्वी चीनको झेजियाङ प्रान्तको हाङ्झाउमा सुरु भएको छ । सो भेलामा करिब तीन सय प्रतिनिधि र अतिथिहरू उपस्थित छन् ।
शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।
मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीकाजस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।
दाङको घोराही उपमहानगरपालिका –५ रज्जे मन्नामेस्थित स्थानीय लाली गुराँस आमा समूहले तिहारको अवसरमा खेलेको देउसी भैलो ।
भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
पछिल्लो समय बाँकेमा बढ्दै गएका इरिक्सा सडक सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् ।
चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ ।
केही समय यता पश्चिम नेपालमा पटक पटक भूकम्प जाने गरेको र यो क्षेत्र थप भूकम्पको उच्च जोखिममा रहेकाले बाँकेमा सो विरुद्ध सचेतना कार्यक्रम चलाइएको छ ।
नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँका राज खान मुस्लिम समुदायको हुनुहुन्छ उहाँहरुले हिन्दु धर्म मान्ने राप्तीसोनारी ५ कि तारा ओलीसँग भाईटीका लगाउनुभएको हो ।
विभिन्न अपराधको अभियोग लागेर तथा दोषी ठहर भएर सजाय पाएर कारागारमा रहेका महिला तथा पुरुष दुबै कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएपछि खुसी हुनु भएको भयो ।
तिहारको लागि अत्यावश्यक पर्ने फूल बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । अघिल्ला वर्षहरूमा आयातित र कृत्रिम फूलले गर्दा समस्यामा परेका यहाँ कृषकलाई यो वर्ष भने फूल धेरै उत्पादन भई नबिक्दा चिन्तामा परेका हुन् ।