बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हालसम्म विभिन्न कसुरमा १२५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र धम्की सम्बन्धमा उनीहरूको संयुक्त प्रतिरोध रणनीति अद्यावधिक गरेका छन् ।
मोरङको उर्लाबारी–७, इटरोडस्थित दीपक कार्कीको घरमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये केहीलाई थप उपचारका लागि काठमाडौं लगिनेभएको छ ।
चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित हुनुभएको छ ।
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।
बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
देशकै पहिलो होमस्टे सिरुबारी, धार्मिक पात्र श्रवणकुमारलाई राजा दशरथले बाँण हानेको स्थल लगायतका प्रख्यात पर्यटकीयस्थल आँधीखोला गाउँपालीकामा पर्छ । त्यहाँस्थित माझुभञ्ज्याङमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्नेगरेको छ ।
जासुसी गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोक्योका वरिष्ष्ठ सरकारी प्रवक्ताले सोमबार बताउनुभएको छ ।
सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको आठ अर्ब २५ करोड रुपियाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणका खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ ।
जलविद्युत उत्पादनका लागि पछिल्लो समय निकै महत्वपूर्ण देखिएको हिमाली जिल्ला म्याग्दीभित्र निर्माणाधीन जलविद्युत आयोजनामा काम गर्ने २१ जना मजदुरहरुको ज्यान गएको छ ।
मोरङको उर्लाबारी –७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका छन् । सोमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
तराईवासीका बस्ती र घर आँगनमा छठका गीतहरु गुञ्जिन सुरु भइसकेका छन् । बस्तीका घर आँगन समेत सजिसजाउ भएका छन् ।
उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् ।
खाद्य व्य वस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको खाद्यान्न गोदाम रित्तो भएको छ । अघिल्लो आर्थिक वर्षको खाद्यान्न मौज्दात नभएको र चालु वर्षको निर्धारित कोटाको खाद्यन्न हालसम्म ढुवानी हुन नपाएपछि गोदाम रित्तो भएको बताइएको छ ।