बाँकेको कोहलपुर नगरपालिका –२ बर्दहवामा एक महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधान, प्रदेश सभा नियमावली र नेपालका सबै कानुन, विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिएको बताउनुभएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँच सुरु गरेको छ ।
इलाका प्रशासन कार्यालय वालिङले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वालिङ ९ सुर्काैँदीमा ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरिएको हो ।
कञ्चनपुरमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जना र साइकल र मोटरसाइकल ठोकिदा एक गरी दुई जनाको मृत्यु भएको हो ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्डलगायतका सेवा डेढ महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
त्रिवि मैदानमा कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो ।
रुकुमपूर्व र रोल्पाका विभिन्न क्षेत्रमा गरी पाँच सय तीस रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागु औषध अफिम प्रहरीले नष्ट गरेको छ ।
स्वदेश फर्किएको श्रमिकलाई पुनःएकीकरण गरी समाजमा पुनःस्थापना गर्नुपर्छ । उनीहरुलाई स्वरोजगार र मुलुकको समष्टिगत विकासका लागि प्रयोग कसरी गर्ने गरी हामीले अगाडि बढाएका छौँ ।
नेपाल टेलिकमले सिमकोट गाउँपालिका -३ को बरगाउँमा स्थापना भएको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । टावरका लागि आवश्यक पर्ने उपकरण हेलिकोप्टरबाट ढुवानी भएर आए लगत्तै जडान गरिएपछि फोर जी सेवा सञ्चालनमा आएको हो ।
नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभयो ।
काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको दासढुङ्गामा हिमालय फ्रन्टलाइनर्स प्याराग्लाईडिङ प्रालिले सञ्चालन गरेको प्याराग्लाइडिङको सोमबार उद्घाटन गर्नुभएको छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् ।
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिक्षेत्र राज्यबाट जसरी उपेक्षित छ, त्यसैगरी यसमा काम गर्ने श्रमिक त्योभन्दा बढी उपेक्षित भएका छौँ ।