• ९ मंसिर २०८१, आइतबार

विद्युतीय ट्रान्सफर्मर चोरी

blog

झापाको कनकाई नगरपालिका ५ स्थित चप्रामारीबाट विद्युतीय ट्रान्समिटर चोरी । तस्बिर : लिलाराज झापाली

लिलाराज झापाली

बिर्तामोड, कात्तिक २८ गते । झापाको कनकाई नगरपालिका-५ स्थित चप्रामारीबाट विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ  । चोरी गर्ने समुहले ११ हजार भोल्टेजबाट ट्रान्सफर्मरको तार हटाई त्यहाँ रहेको १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कनकाई नगरपालिका-५ का वडासदस्य दिलु उप्रेतीले बताउनुभयो ।

चोरी गर्ने समूहले तामाको तार र त्यहाँ रहेको तेलका लागि ट्रान्सफर्मरको चोरी गरेको र चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक अशोक कोइरालाले बताउनुभयो ।

हालसम्म यस क्षेत्रमा कुखुरा, काठ, लगायातका घरायसी सामग्रीहरु चोरी हुने गरेको भए पनि यसरी मेन लाईनकाटेरै ट्रान्सफर्मरनै चोरी भएको भने यो पहिलो घटना भएको कनकाई नगरपालिका-५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताउनुभयो ।