काठमाडौं, कात्तिक २८ गते । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताउनुभएको छ ।
मङ्गलबार भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा हजारौँ हुने र ति जात्राहरुलाई महोत्सवको रुपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरु तान्नुपर्ने बताउनुभयो । उहाँले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री किरातीले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपालमा हजारौँ जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पु¥याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रुपमा सञ्चालन गर्नुपर्छ । आजको पर्यटन नेपालीमैत्री हुनुपर्छ । प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्छ ।’’
मन्त्री किरातीले आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गर्नुभयो ।