हावाहुरी र चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३, देउराली स्थित फर्ममा पालिएका ५४ वटा भेडा मरेका छन्।शुक्रबार राति दश बजे चलेको हावाहुरीसँगै परेको चट्याङले भेडा मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताउनुभएको छ । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उहाँको भनाइ छ ।
विष्णुमती कोरिडोरमा ढल निर्माणका लागि खनिएको खाडल नपुरी यतिकै छोडिएको सडक किनारबाट जोखिमपूर्ण यात्रा गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन।
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज (शनिबार) यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो ।
हाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् ।
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।
ललितपुर महानगरपालिका –१८ सैबु भन्ज्याङस्थित वालकुमारी सामुदायिक वन उपभोक्ता समूहले सल्ला वनक्षेत्रको शनिबार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा बोकेका दुईवटा जहाज एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् ।
सङ्घीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्तरुपमा योजना पेस गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपियाँ राजस्व असुल गरेको ।