रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ ।
काठमाडौंको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालले ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको अप्रेसन वाल्क सिकागोको सहयोगमा आएका विशेषज्ञ डाक्टरसहितको ४० जना चिकित्सकको टोलीले घुँडाको शल्यक्रिया गरेको हो ।
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरक चतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कति दिन प्रधानमन्त्री रहनेभन्दा पनि जनता, सुशासन, समृद्धिको पक्षमा राम्रो काम गर्ने कि नगर्ने भन्ने मुख्य कुरा रहेको बताउनुभएको छ । नेपाल कम्युनस्टि पार्टी (माओवादी कन्द्र) द्वारा कीर्तिपुरमा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार कति रहन्छ भन्ने मुख्य नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “२०६४ साल एउटा स्थिति थियो । हामी ६४ मा फर्किन त सक्दैनौँ, आउने भनेको ८४ नै हो । हामी ८४ मा पनि ६४ जस्तै जनताको भरोसा र विश्वास जित्न सक्ने छौँ ।”
कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार हिजोदेखि सुरु भएको छ । शरद्का रङ्गीचङ्गी फूलको सौन्दर्य र उज्यालोमा रम्दै दाजुभाइ दिदीबहिनीबिचको अगाध प्रेमशक्तिले जीवनरक्षा गर्न सकिने सन्देश दिने यो पर्वले मानव, प्राणी र वनस्पतिबिचको अन्तर सम्बन्ध वा अन्तरनिर्भरताको महत्वाबोधसमेत गराउँछ । सँगसँगै हिजो किराँत धर्मावलम्बीले धर्मगुरु फाल्गुनानन्द जयन्ती मनाए, नेवार समुदायले म्ह (आत्मा) पूजा भाइटीकाकै बेला मनाउँदै छन् । तिहारलगत्तै तराई मधेश मूलको नेपालीले छठ पर्व मनाउँदै छन् । नयाँ नेपाल संवत् सुरु हुँदै छ । पर्वहरूको एक साता मखमली, स
केही दिनअघि जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । हालसम्म त्यो क्षेत्रमा साना ठुला गरी तीन सयभन्दा बढी पराकम्प गइसकेका छन् । नेपाल हिमालय युरोसियन प्लेट र इन्डियन प्लेटको दोसाधमा रहेकाले निरन्तर थ्रस्टिङ र फल्टिङ भएर साना, मझौला र ठुला भूकम्पहरू गइरहन्छन् । त्यसैले यो भूभाग भू
युवा पुस्ताले कस्तो देशको परिकल्पना गरिरहेका छन् भन्ने बहस विभिन्न सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी निकायका बैठक र अन्तर्क्रियाका कार्यक्रममा मन्थन भइरहेका छन् । गणतन्त्रसँगै जन्मिएका नव पुस्ता देशको नागरिक हुँदै गर्दा राज्यसँग अपेक्षाविहीन हुन्छ भने त्यो गम्भीर अवस्था पनि हो । नयाँ पुस्ता नवीन परिवेशसँग अभ्यस्त हुन्छ । स्वभावतः ती नवीन विषयलाई जीवनसँग प्रयोग गर्न चाहन्छ । बदलिँदो समाजको नयाँ पुस्तालाई हाँक्न कस्तो नेतृत्वको चाहना छ ? के चाहन्छन्, के चाहँदैनन् नयाँ पुस्ता ?
हिजोबाट नेपालीको महान् चाड तिहार सुरु भएको छ । वर्षभरिका दुःख, कष्ट, पीर, व्यथा सबै बिर्सेर सपरिवार एकै ठाउँमा जम्मा भएर आआफ्नो गच्छे अनुसार मिठो मसिनो खाई रमाउने अनि आपसी वैमनस्यता भुलेर एक आपसमा शुभकामना आदानप्रदान गर्ने हिन्दुहरूको महान् पर्व दसैँ कसैका लागि दशा बनेर गयो । नपाउँदा नखाने र पाउँदा एकै पटक धेरै र अस्वस्थ ढङ्गले मासु र मिठाई खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउने गर्छ । तिहारलाई पनि कस्तो बनाउने भन्ने तपाईं हाम्रो हातमै छ ।
यस पटक हुम्लाका युवतीहरूले परम्परागत पोसाकमा दौडामा सजिएर आफ्ना दाजुभाइलाई भाइटीका लागाउने तयारी गरेका छन् । दौडाको संरक्षण र प्रचारप्रसारका लागि यहाँका दिदीबहिनीहरूले यस्तो उपाय अपनाएका हुन् । खार्पुनाथ गाउँपालिका–४, छिप्रा गाउँकी जानकी हमालले यस पटकको दौडा लगाएर नै आफ्नो भाइलाई टीका लगाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टीका लगाउने बेला लगाएको पहिरनको प्रचारप्रसार चाँडो हुने र नयाँ पुस्ताले पनि यससम्बन्धी
लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रिमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मा उक्त गीतलाई समावेश गरिएको छ । उक्त गीत सार्वजनिक गर्दै उनले चलचित्र पुस २७ मा प्रदर्शन गरिने जानकारी दिनुभयो । सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । यसको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाउनुभएको छ । पाटन र भक्तपुर दरबार स्क्वायरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गर्नुभएको छ । रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।
निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा गरिएका व्यवस्थामा अत्यन्त न्यून प्रगति भएको पाइएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा) मा शून्य प्रगति देखिएको हो । बजेटमा व्यवस्था भएका यससम्बन्धी व्यवस्थामध्ये पूर्ण कार्यान्वयन भएका बुँदा ११ मात्र (१८ प्रतिशत) मात्र रहेको पनि परिसङ्घले उल्लेख गरेको छ । २९ वटा बुँदामा भने आंशिक मात्र कार्यान्वयन भएको बजेट वाचको अध्ययनमा देखिएको छ । यो करिब ४७ प्रतिशत हो ।
रुकुमपश्चिमका भूकम्पपीडितमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । भूकम्पद्वारा सिर्जित समस्याले पु¥याएको आघातले मानसिक समस्या बढ्न थालेको हो । सुरुका दिनमा तर्सिने, डराउने समस्या झेलिरहेका पीडितमा अहिले टोलाउने, नबोल्ने, बोल्दा झर्किने, निन्द्रा नपर्ने तथा खाना खान मन नलाग्ने समस्या देखिन थालेका छन् । जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख लुम्बिनी गौतमले परिवारका सदस्य र घरबास गुमाएका व्यक्तिमा यस्ता खालका समस्या देखिन थालेको बताउनुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्रप्रसाद सिंहले स्वस्थ, शिक्षित र समृद्ध मधेश निर्माणमा लाग्न प्रदेशका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।