अर्थमन्त्री डा. प्रकाश शरण महतसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उहाँले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।
कैलालीको बड्का बनुवाँ भनेर चिनिने बसन्ता वन क्षेत्र मासेर बाढी पीडितले टहरा निर्माण गरेका छन् । कैलारी गाउँपालिका –५ स्थित पवेरा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बाढी प्रभावितले घर टहरा निर्माण गरेका हुन् ।
नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले असहमति जनाउन पाइने तर आतङ्क सिर्जना हुनेखालको गतिविधि हुन नहुने बताउनुभएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थान कब्जा गर्ने योजनामा रहेको थ्रीस्टार क्लबलाई न्युरोड टिम (एनआरटी) को नमिठो धक्का लागेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्व एक लाख ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
‘लभ पर्ला जस्तो छ’ बोलको प्रेम गीतको भिडियो सार्वजनिक भएको छ। गायक सङ्गम शर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरेको हो।
बाजुरामा बिहीबार राति गएको भूकम्पले २३ वटा घर भत्किएका छन् । बिहीबार राति ११ बजेर ४५ मिनेटमा बाजुरामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
धनकुटाका एक सय ४८ दुग्ध उत्पादक कृषकले प्रदेश सरकारले उपलब्ध गराउने प्रोत्साहन रकम पाएका छन् । धनकुटा नगरपालिका वडा नं. ३ को श्री सहकारीले आफ्नो संस्थामा आबद्ध एक सय ४८ दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन रकम वितरण गरेको हो ।
प्रतिनिधि सभाका विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनित गरिएको छ । आज (सोमबार) को प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो ।
होटल सङ्घ नेपाल (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको ४८औँ वार्षिक साधारण सभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।