रेखीराम राना
पाल्पा, कात्तिक २१ गते । पाल्पाका विभिन्न स्थानमा लगाइएको तोरी फुलेर पहेँलपुर भएका छन् । जिल्लाको विभिन्न स्थानका किसानले लगाएका तोरी यतिबेला फुलेर बारी पहेँलपुर बनेका हुन् ।
जिल्लाको रामपुर, बगनासकाली, माडी, तानसेन, रिव्दीकोटका विभिन्न स्थानमा यतिबेला तोरी फुलेको किसानले बताएका छन् । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको तोरी फुलेपछि माहुरी चराउने किसान फुलेका तोरी नजिक धाउन थालेका छन् ।