रुकुमपश्चिमको भूमे गाउँपालिकामा विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिनाब्याज शैक्षिक ऋण (कर्जा) लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको छ । गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिनाब्याज शैक्षिक ऋणको व्यवस्था गरेको छ । बिनाब्याज शैक्षिक ऋण लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको हो । आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको बिनाब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी, भेटेरिनरी र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई दुई गरी जम्मा छ जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका प्रशासन एकाइका प्रमुख चेतन बुढामगरले बताउनुभयो । गाउँपालिकाले विपन्न विद्यार्थी र उच्च शिक्षा हासिल गर्नेका लागि बिनाब्याजमा शैक्षिक ऋण दिने व्यवस्था भए पनि ऋण लिनेको
मकवानपुरको कैलाश गाउँपालिका जिल्लाको सबैभन्दा विकट गाउँपालिकामध्येको एक हो । स्थानीय तहको दोस्रो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित लोकबहादुर मुक्तान स्थानीय तहको सङ्घ र प्रदेश सरकारले अधिकार कटौती गर्दा सङ्घीयता कमजोर हुने बताउनुहुन्छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि कैलाश गाउँपालिकाले बनाएका योजना, सुशासन र समस्यालगायतका विषयमा अध्यक्ष मुक्तानसँग गोरखापत्रका राममणि दाहालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।
पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती र फिर्केसँग अर्को खोला पनि छः बुलौदीखोला । पोखरा–१८ को धारा पानी जङ्गल, पोखरा–५ को ठूलीपोखरी (खुँडेपोखरी)सहित यो क्षेत्रका विभिन्न मूलबाट आएको पानी पोखरा–५ को मनकामना मन्दिरसम्म आई पुग्दा बुलौदीले खोलाको स्वरूप लिएको छ । फिर्के खोलाको खोलाको बहाव क्षेत्र पहिचान गरी त्यहाँको अतिक्रमण हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–७ ले २० लाख रुपियाँको लगानीमा उज्यालो वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । उज्यालो वडा कार्यक्रम अन्तर्गत यो वर्ष वडाका महत्वपूर्ण र असुरक्षित स्थानमा सोलर बत्ती जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मठमन्दिर, चौतारो, घाट, बिसाउनी, घुम्ती, दोबाटो, जनावरको आक्रमण हुने स्थानमा २० वटा पोलमा सौर्य बत्ती जडान गरिएको हो । अति आवश्यक देखिएका वडाको तल्लो भाग काउले, उखुबारी मन्दिर, कुप्रीको शिव मन्दिर, माथिल्लो भागको बुद्धपार्क, ढुङ्गेधारो, चरङ्गे घाटलगायतका स्थानमा यो बत्ती जडान गरिएको छ ।
हेटौँडा अस्पतालमा मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा दिने गरी तयारी गरिएको छ । बागमती प्रदेश सरकारको १४ करोड रुपियाँ लगानीमा मकवानपुरमै पहिलो पटक एमआरआई सेवा दिने गरी अस्पतालमा उपकरण जडान कार्य भइरहेको छ । हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य हीरालाल तामाङका अनुसार कात्तिकभित्रै उपकरण जडान कार्य पूरा गरी मङ्सिर पहिलो सातादेखि एमआरआई सेवा सुरु गरिने छ । एमआरआई सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिसमेत व्यवस्था भइसकेको अस्पतालले जनाएको छ । एमआरआई प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अङ्गको सूक्ष्म तथा विस्तृत अध्ययन गरी शरीरका अङ्गको भित्री बनावट, रोग लागेका अङ्ग तथा क्यान्सरलगायतका रोग पत्ता लगाउन सहयोग पुग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो ।
भूकम्पले ग्रामीण बस्तीका स्वास्थ्य चौकीमा क्षति पु¥याएपछि त्रिपाल टाँगेर सेवा प्रवाह गर्न थालिएको छ । भुइँचालोबाट जाजरकोट अस्पतालसहित ग्रामीण बस्तीका स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएका छन् । भुइँचालोले स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएपछि सामान्य तथा जटिल रोगका बिरामी, गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।
आठबिसकोट नगरपालिका–११, चौरका ३४ वर्षीय डिल्लीबहादुर विकले चार वर्षअघि सात लाख खर्च गरेर बनाएको घर भूकम्पले चिरैचिरा बनाइदियो । भारतको कमाई र ऋण सापट गरी बनाएको घर बस्नै नहुने बनाएपछि दाउरा राख्न बनाइएको कटेरोमा बस्दै आएका डिल्लीबहादुरलाई चिन्ता छ, अब घर कसरी बनाउने ? उहाँले भन्नुभयो, “घर बनाएको ऋण तिरेकै छैन, भूकम्पले फेरि ऋण बढायो । अब ऋण तिर्न कालापहाड जानुको विकल्प छैन ।”उहाँका अनुसार, बाहिरबाट हेर्दा घर केही नभएको जस्तो छ । देख्दा चिटिक्क छ तर घरको चारैतिर भूकम्पले चिरा परेको छ । स्थानीय ५२ वर्षीय कोमल खत्रीका छोराले नौ लाख खर्च गरी बनाएको घरको ऋण तिर्न भारततिरै कमाई गर्दै छन् । घर बनाएको ऋण तिरिनसक्दै अर्को घर बनाउनुपर्ने बाध्यता खत्रीलाई आएको छ । उहाँले भन्नुभयो, “घर कसरी बनाउने, ऋण कसरी तिर्ने ? भ
कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले किसानको धान खरिद कार्य सुरु गरेको छ । कम्पनीले जिल्लाको तीन ठाउँमा काँटा लगाएर किसानको धान खरिद गर्न थालेको हो । धनगढीको मोहनपुर, टीकापुर नगरपालिकाको टीकापुर र भजनी नगरपालिकाको भजनीबाट कम्पनीले किसानको धान खरिद गरिरहेको प्रमुख इन्जिला बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक १९ गतेबाटै किसानको धान खरिद गर्ने कार्य सुरु भएको हो । यो वर्ष हामीले गत वर्ष तुलनामा एक महिनाअघिबाटै धान खरिद गरिरहेका छौँ ।”
प्रकृतिसँग आदिमकालदेखि सन्निकट रहेर नै मानिसले आफ्नो अस्तित्वलाई सुरक्षित राख्दै आउन सकेको हो । मानिसको जैविक विकास नै प्राकृतिक नियमानुसार हुँदै आएको भन्ने वैज्ञानिक मान्यता छ । प्रकृतिसँग सहजीवनयापन गर्दै मनुष्यले आफ्नो भोक, तिर्खा मेटाउन सिक्यो । जाडो, गर्मी आदि अनेकाँै सहनीय, असहनीय परिस्थिति र प्रकोपहरूसँग जुध्दै, समय र प्रकृतिसँग तादात्म्य र अनुकूलन पनि हुँदै आफ्नो चेतनशील अस्तित्वका लाखौँ वर्षको यात्रा मनुष्य जातिले पूरा गरिसकेको छ । यो अस्तित्व यात्रा निरन्तर चलिरहेकै छ ।
सङ्ला स्वच्छ सफा नदी र झरना ह्यूँताल छाँगाहरू आभा सुन्दर शारदी किरणका फैलाइ ज्वोत्स्नाहरू धर्ती व्योम दुवै हिमाद्री तटमा भर्खर नुहाएसरी तिम्रो काव्य रसाल मिष्ठ मधुरो मानौँ सुधाको झरी ।
हाम्रा चाडबहाड ‘हाड’ नबनून् उत्प्रेरणाका मसी ढासा ढ्वाङ बनावटीपन हटून् पुर्खाहरूका दसी । गाई श्वान र काग मत्र्य बिरुवा, हुन् ईशकै वंशज माछा वा कछुवा बनेल र चरा हुन् ईशकै अंशज ।
लायो पञ्चक शीतकाल सुरु भो आयो तिहारै जब टीका लाउन दाजुभाइ बहिनी निम्ता पु¥याए तब रातो पूर्व सँगै बसेर डिलमा कौवा कराए अहो ? दोस्रो चाड तिहारको हरखुसी बाँडेर आयो ल यो ।
आएछौँ हामी खेल्नलाई देउसी हजुरको आँगन झिलिमिली बत्ती स्वर्गझैँ घर दिन छ पावन
नेपाल बहुसांस्कृतिक देश हो । यहाँका हरेक जातजाति र समुदायले अँगाल्दै आएका संस्कार–संस्कृतिहरू रोचक छन् । भूगोलका हिसाबले पनि विविधतायुक्त यस देशमा हिमालदेखि पहाड हुँदै तराईसम्म र पूर्वदेखि पश्चिमसम्म हरेक क्षेत्रका संस्कृतिहरू एक–अर्काका लागि नौलो हुन्छ । अझ ती संस्कृतिका मिथक तथा सामाजिक र सांस्कृतिक पृष्ठभूमिहरू रोचक छन् । विभिन्न जातजाति र समुदायका सांस्कृतिक सम्पदाले नेपालको विशेष पहिचान मात्र भएको छैन, पर्यटनमार्फत देशको अर्थतन्त्रमा टेवा पनि पु¥याएको छ । यस्तै सांस्कृतिक सम्पदाहरूमध्ये एक हो ‘डोकेनी नाच’ । याक्खा जातिको मौलिक संस्कृति यो नाच यतिखेर पहिचानको खोजीमा छ । डोकेनी नाच याक्खा जातिको मौलिक संस्कृति हो । यो ना
सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गर्नुभएको छ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सांसद आलेले पछिल्लो एक वर्षको समीक्षा गर्दा सन्तोष गर्ने पर्याप्त ठाउँ नरहेको विश्लेषण गर्नुहुन्छ ।