नेकपा एमाले झापाका अध्यक्ष एवं संविधान सभा सदस्य दीपक कार्कीको गौरादहस्थित घरको गेटमा तार जोडेर राखिएको प्रेसर कुकुर ‘होक्स’ रहेको प्रहरीले जनाएको छ । शुक्रबार विहान साढे ५ बजे कार्कीको घर अगाडि तार जोडिएको प्रेसर कुकर भेटिएपछि त्यहाँ तत्काल प्रहरी पुगेको थियो ।
बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली, बूढीनन्दा, स्वामिकार्तिक, जगनाथ गाउँपालिकामा बस्दै आएका हलिया परिवारका दर्जनौ बालबालिका सहाराको खोजीमा रहेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिभा डबली स्थापना गरी निजामती कर्मचारीको क्षमता र प्रतिभालाई सार्वजनिक सेवा प्रवाहमा उपयोग गर्ने भएको छ ।निजामती कर्मचारीसँग भएको क्षमतालाई नीति निर्माण, सेवा प्रवाह, विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा आफ्नो प्रतिभा उजागर गर्दै उत्तम नतिजा हासिल गर्ने उद्देश्यले प्रतिभा डबलीको स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
कानुन तथा संसदीय व्यवस्थामन्त्री गोविन्द शर्मा कोइरालाले अब खल्तीबाट न्यायाधीश नबनाइने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा बिहीबारबाट सुरु भएको मानव अधिकार रक्षकको तेस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले ‘फलानोलाई न्यायाधीश बनाइदिनू’ भनेर फोन आउने गरेको बताउनुभयो ।
स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)’को सम्पूर्ण स्वामित्व नेपालले प्राप्त गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बेलायत सरकारले उक्त सफ्टवेयर प्रणाली नेपाललाई हस्तान्तरण गरेको हो । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमनराज अर्याललाई औपचारिक रूपमा सुत्र हस्तान्तरण गर्नुभएको हो ।
मुख्य सडक । यसको बायाँतर्फ छेउमा एउटा मन्दिर । भित्रपट्टि अर्को सहायक सडक । वरिपरि मानव बस्ती । ठाउँ–ठाउँमा चिबहाःहरू । चैत्यहरू । सानातिना देवलहरू पनि । अलिक पर एउटा ढुङ्गेधारा । धारो–मास्तिर पुरातन फल्चा ।
कालीकोट सदरमुकाम मान्ममा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सुविधायुक्त सरुवा रोग अस्पताल सुनसान छ । सो अस्पतालमा चिकित्सकसहित १९ जना कर्मचारी कार्यरत भए पनि अहिलेसम्म बिरामी अस्पतालमा नआएपछि सुनसान भएको हो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मङ्सिरमा सो अस्पताल उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको चार महिनासम्म सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा ताला लाग्यो । फागुन १८ गतेदेखि चिकित्सकसहित १९ जना कर्मचारी सरुवा रोग अस्प
गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गर्नुभयो ।
असी वसन्तको उकालो चढसेकेकी आमा डाडाँमाथिको जूनझैँ पिँढीको डिलमा बसेर अतीतका दिन गन्ती गर्दैछिन् । घरमा दुई बूढाबूढी मात्रै छन् । घरको काम सघाउन बीसौँ वर्षदेखि बसेकी बालविधवा वसन्तीले भने अझै साथ छाडेकी छैनन् ।
देशमा दिगो विकास हासिल गर्नका लागि रोजगारीको अवसर सिर्जना गरेर समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने लक्ष्यका साथ विभिन्न तालिम प्रदायक कम्पनीले तेह्रथुमका युवालाई सिपमूलक तालिम प्रदान गरेका छन् । आर्थिक रूपले कमजोर, विपन्न महिला तथा पुरुषलाई सिप विकास तालिम प्रदानगरी स्वरोजगार बनाउने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटासले सञ्चालन गरेको तालिममा करिब तीन सय युवा दक्ष बनेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिप्याडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर सार्ने भएको छ । प्राधिकरणले रोटर विङ्स (हेलिकप्टर) उडान अवतरणलाई सहज बनाउन सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा हेलिप्याड निर्माण गर्न प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणको स्वामित्वको सो जग्गामा हाल हवाईजहाजका लागि लोकेटर स्टेसन सञ्चालन भइरहेको छ ।
पश्चिम नेपालको कर्णालीको कालीकोटमा गोरखापत्र दैनिक नियमित रुपमा पुग्न थालेको छ । पछिल्लो समय कोहोलपुरवाट प्रकाशन सुरुभएसँगै नियमित पत्रिका पढ्न पाएसँगै कालिकोटका पाठक हर्षित भएका छन् ।
काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो पाँच वर्षीय कार्यकालमा गाउँपालिका जोड्ने तीनवटा मुख्य सडकखण्डको मर्मत तथा स्तरोन्नतिको काम गर्ने बताउनुभएको छ । उहाँले सदरमुकाम धुलिखेल जोड्ने मुख्य सडक खोपासी–तालढुङ्गा खण्ड, च्याल्टी–फलामेटार–तालढुङ्गा र सुकुमफेदी–धाप्ले–महाँकाल सडक खण्डको मर्मत तथा स्तरोन्नति गरी यातायात नियमित सञ्चालन हुने सडक बनाउने बताउनुभयोे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको हो । यस क्षेत्रका मिर्गौलाका बिरामी प्रत्यारोपणका लागि काठमाडौँ धाउन बाध्य थिए । अब मिर्गाैला प्रत्यारोपण गर्न अन्यत्र जानुपर्ने छैन ।