हाम्रा चाडबहाड ‘हाड’ नबनून् उत्प्रेरणाका मसी
ढासा ढ्वाङ बनावटीपन हटून् पुर्खाहरूका दसी ।
गाई श्वान र काग मत्र्य बिरुवा, हुन् ईशकै वंशज
माछा वा कछुवा बनेल र चरा हुन् ईशकै अंशज ।
अग्ला उज्ज्वल भावना हृदयमा, दिन्छन् महा–पर्वले
बाँची सृष्टि बचाउँछन् पशु किरा मान्छे सधैँ गर्वले ।
माया प्रेम ममत्व शान्ति करुणा, फुल्दै झुलून् वागमा
काली पूजनको विधान सकियो लक्ष्मी उदाइन् यहाँ ।
झर्ना निर्मल झर्दछन् कुसुम छन् बेली र गोदावरी
जाई चम्पक पारिजात कतिले हुन्छिन् धरा मख्मली ।
प्राणी जे जति छन् सबै मुदितमा उत्साहले फुर्फुर –
पार्दा यो ऋतुराजले भुवन नै, हुन्छन् अहा ! जुर्मुर ।
लक्ष्मी कुक्कुर काग गोरु सुरभी, मान्छे सबै पूजित
प्राणीमा ममता अपूर्व समता, छैनन् कुनै कुञ्चित ।
जेरी सेल खुवा पुवा र मसला, बास्ना चले हर्हर
पूजाका व्रmममा दिदी र बहिनी, भ्राता सबै झल्मल ।
प्राणीका महिमा र मान गतिलो ‘वक्ता’ महा–पर्व हो
हाम्रा संस्कृति धर्म कर्म गरिमा अथ्र्याउने ‘गर्व’ हो ।
दीपैदीप बलेर चेतन प्रभा फुल्ने र मौलाउने
नौला नीति बुनेर एक मनले, सत्कर्म हौस्याउने ।