नेपालभाषा एकेडेमीले विगत २० वर्षदेखि विविध विधामा प्रदान गर्दै आएको १९ औँ दान्यहिरा सिरपाः प्रदान गरेको छ । हालै आयोजित कार्यक्रममा साहित्यतर्फ डा. योगेन्द्र प्रधानलाई ‘दान्यहिरा जीवंकाछी साहित्य सिरपाः सङ्गीततर्फ वरिष्ठ गायककार जुजुकाजी रञ्जितलाई ‘दान्यहिरा जीवंकाछी सङ्गीत सिरपाः’ र विज्ञानतर्फ डा. जीवनकुमार श्रेष्ठलाई ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले प्रदान गर्नुभयो ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले ‘विश्व रेकर्ड’ राख्नुभएको छ । उहाँले फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा आफूले गिनिज वल्र्ड रेकर्ड बनाएको जानकारी दिनुभयो । डा. अनिलले विश्व मुटु दिवसका अवसर गत असोज १२ गते मुटुरोगसम्बन्धी जनचेतनामूलक सन्देश फेसबुक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड बनाउनुभएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेको जानकारी दिनुभयो ।
‘पचास रुपियाँको तमसुक’, ‘गाउँको आवाज’ जस्ता नाटक गाउँघरमा साँझपख देखाइन्थे । दलहरूमाथि प्रतिबन्ध लागेको पञ्चायतकालीन त्यो समयमा यस्तै सडक नाटक जनचेतना जगाउने आधार थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनधिकृत रूपमा अन्यत्रबाट पैठारी हुने सामग्रीको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेको छ । क्वारेन्टाइनले फूल आयातका लागि इजाजत दिएको भनि फूल व्यवसायीबाट कृषि मन्त्रालयसम्म गुनासो पु¥याएपछि क्वारेन्टाइनले सो कुरा स्पष्ट पारेको हो । क्वारेन्टाइनले विज्ञप्ति जारी गरी राज्यले पैठारी निषेध नगरेका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा भएको व्यवस्था अनुरूप तोकिएको प्रक्रिया पु¥याएर पैठारी गर्न पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा विप्रेषण ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । यस हिसाबले चालू आवको तीन महिनामा प्रतिमहिना औसतमा एक खर्ब २१ अर्ब रुपियाँभन्दा बढी विप्रेषण भित्रिएको देखिन्छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।
नेपालीहरूको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लाग्दा हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ । उहाँ अझै अन्य समयमा भन्दा तिहार नजिकिएसँगै बिहानदेखि साँझसम्म प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ । तिहार नजिकिएसँगै प्रजापति समुदायलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।
विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको बताउनुभएको छ । उहाँले फाल्गुनन्दको उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिने विश्वास व्यक्त गर्नुभयो ।
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (शनिबार) देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ । आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइन्छ ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सन्ध्याकालीन दृश्य निकै रमणीय देखिएको छ । यो दृश्य आज शुक्रबारको हो । यहाँ सन्ध्याकालीन आरती आयोजना गरिन्छ ।
कालीकोटको शुभकालीका गाउँपालिका –१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ ।
नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो ।
नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लाग्दा हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याई छ ।