• १३ असोज २०८१, आइतबार

उन्नाइसौँ दान्यहिरा सिरपाः प्रदान

blog

ललितपुर, कात्तिक २५ गते । नेपालभाषा एकेडेमीले विगत २० वर्षदेखि विविध विधामा प्रदान गर्दै आएको १९ औँ दान्यहिरा सिरपाः प्रदान गरेको छ । हालै आयोजित कार्यक्रममा साहित्यतर्फ डा. योगेन्द्र प्रधानलाई ‘दान्यहिरा जीवंकाछी साहित्य सिरपाः सङ्गीततर्फ वरिष्ठ गायककार जुजुकाजी रञ्जितलाई ‘दान्यहिरा जीवंकाछी सङ्गीत सिरपाः’ र विज्ञानतर्फ डा. जीवनकुमार श्रेष्ठलाई ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले प्रदान गर्नुभयो । 

पुरस्कृत डा. प्रधान, गायककार रञ्जित र डा. श्रेष्ठलाई दाता तथा नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःले जनही  ५० हजार रुपियाँ प्रदान गर्नुभयो । कार्यक्रममा धाख्वाःको १७ औँ कृति ‘मिसा पासा’ कथा सङ्ग्रह विमोचन गरियो । विमोचित कृतिको समीक्षा समालोचक पूर्ण ताम्राकारले गर्नुभयो ।