• ७ जेठ २०८१, सोमबार

भूकम्प पीडितलाई टहरा बनाउँदै काँग्रेस महामन्त्री गगन र विश्वप्रकाश

blog

पीडितका अस्थायी टहरा बनाउँदै महामन्त्री थापा र शर्मा । तस्बिर: वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, कात्तिक २५ गते । भूकम्प प्रभावित पीडितका अस्थायी टहरा निर्माण गर्न थालिएको छ । नलगाड नगरपालिका १ चिउरीमा अस्थायी टहरा निर्माण गरिएकाे हो । 

भूकम्पबाट प्रभावित पीडितको अवस्था बुझ्न जाजरकोट आउनु भएका काँग्रेस महामन्त्री थापाले नलगाड नगरपालिका १ को दलित बस्ती चिउरीका सर्वसाधारणको अवस्था बुझ्न पुग्नु भएको छ । शीत र जाडो मौसम राहतबाट पाएको त्रिपाल भन्दा अस्थायी टहराले जाडो छल्ने भएपछि नलगाड नगरपालिका १ दलित बस्ती चिउरीमा अस्थायी टहरा निर्माण गर्नुभएको छ ।  

इन्जिनियरको टोलीसहित चिउरी पुग्नुभएका काँग्रेस महामन्त्री थापा अस्थायी टहरा बनाउन व्यस्त हुनुभयो ।  पार्टीले गठन गरेको उद्धार राहत तथा पुन स्थापनाका लागी अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति अन्तर्गत अस्थायी टहरा बनाउन चिउरी पुग्नुभएको छ  । 

भेरी नगरपालिका ३ माथिल्लो थाप्लेमा अस्थायी टहरा निर्माण गर्नुभएको छ । भूकम्प पीडितलाई तत्काल त्रिपाल चाहिने भए पनि पुन निर्माणको काम नहुँदासम्म अस्थायी टहरा आवश्यक पर्ने बताउनुभयो । अस्थायी टहरा बनाउन भूकम्प प्रभावित क्षेत्र आएको बताउनुभयो  ।

प्रदेश तथा सङ्घीय सरकारले ३५ हजार परिवारका लागी सहयोग नचाहिने बनाउनुभयो । सर्वोच्चको अन्तरिम आदेशले रोकिएको निर्वाचन क्षेत्रको १० अर्ब रुपियाँ निर्णय गरी तुरुन्त लगाउन सकिने बताउँदै सो कुरा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा कुरा राखेको बताउनुभयो । सङ्घीय सरकारले प्रदेश सरकारलाई बजेट दिई स्थानीय तहले कार्यान्वयनकाे जिम्मा दिए छिटै पीडितले न्यानोमा बस्न पाउने बताउनुभयो । भूकम्प प्रभावितको उद्धार पुनः स्थापनामा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।