• १ जेठ २०८२, बिहिबार

रेमिटान्सले देशको अर्थतन्त्र धानेको छ : नेता राणा

blog

कार्यक्रममा धारणा राख्नुहुँदै नेपाली काँग्रेसका नेता उदयशमशेर राणा । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २४ गते । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले देशको अर्थतन्त्र रेमिटान्सले धानेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा आयोजित गुल्मी लगानी सम्भाब्यता कार्यशाला गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

पूर्व अर्थराज्यमन्त्री समेत रहनुभएका नेता राणाले देशको आर्थिक पूर्वाधार कमजोर भएको भन्दै रेमिटान्सले देशको अर्थतन्त्र धानेको बताउनुभयो । अर्थतन्त्रले जनशक्तिमा प्रभाव पारेको छ, उहाँले भन्नुभयो, “देशमा सीमित पुँजी भएकाले कहाँ खर्च गर्ने भन्नेमा सबैले ध्यान दिन जरुरी छ । देशको खरिद ऐन र कर प्रणालीमा समस्या छ ।” 

ग्रामीण अर्थतन्त्र र राज्यको नीति विरोधमा प्राथमिकता विकल्पमा होइन् । देशको सीमित पुँजीलाई सही प्रयोग गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले सरकारले जलस्रोत उर्जा, पर्यटन, कृषि र सेवाको क्षेत्रलाई प्राथमिकता राखेको बताउनुभयो । राजनीतिक दबाब र आर्थिक लोपमा जथाभावी रुपमा संरचना बनाउँदा पनि देशमा समस्या हुने उहाँको भनाइ छ ।

उद्योग संघ गुल्मीले प्रथम ऐतिहासिक गुल्मी महोत्सवको अवसरमा गरेको गुल्मी लगानी सम्भाब्यता कार्यशाला गोष्ठीमा नेकपा (एमाले) का गुल्मी जिल्लासचिव गणेश श्रीपाली र युवा उद्यमी योगराज कँडेल शर्माले लगानी सम्भाब्यताका बारेमा प्रस्तुति राख्नुभयो । उहाँहरुले उपयोगिताको अध्ययन गरि संरचना तयार गर्दा पनि बजेटको सही सदुपयोग हुन नसकिरहेको भन्दै लगानीका सम्भावना, अवसर र चुनौतीको बारेमा जानकारी गराउनुभयो ।

लगानीको वातावरण तयार भइनसकेको अवस्थामा सबै पक्षसँग बहस गरी सम्भाव्यता खोजी निजी क्षेत्र र लगानीकर्ताप्रति हेर्ने दृष्टिकोण बनाउन जरुरी रहेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताउनुभयो ।