• १३ असोज २०८१, आइतबार

कुसुमको ‘पाश्र्वधुन’ सार्वजनिक

blog

काठमाडौँ, कात्तिक २२ गते । हाल अमेरिकामा बस्दै आउनुभएका युवा कथाकार कृष्ण कुसुमको नवीनतम कथासङ्ग्रह ‘पाश्र्वधुन’ को एक समारोहबिच लोकार्पण गरिएको छ । 

उक्त कृतिको आख्यानकार नयनराज पाण्डे, समालोचक कुमारी लामा र अभय श्रेष्ठले एकसाथ लोकार्पण गर्नुभएको हो । सोही अवसरमा लोकार्पित कृतिमाथि वक्तात्रय पाण्डे, लामा र श्रेष्ठले कुसुमका कथामा आमनेपालीको भोगाइ समेटिएको उल्लेख गर्नुभयो । शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा सुभाषचन्द्र पोखरेल, कथाकार कुसुम र प्रकाशन संस्थाका पुष्पराज पौडेलले कृतिमाथि प्रकाश पार्नुभएको थियो ।