कालीगण्डकीमा सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ ।
भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताएका छन् । शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पले मानवीय तथा भौतिक क्षति बेहोरेका नागरिकले आकाशमुनी रात बिताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको छ ।
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।
श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेसको महासमितिको बैठक मङ्सिर २९ गतेबाट सुरु हुने भएको छ । बैठक अब मङ्सिरको २९, ३० र पुसको १ र २ गते गोदावरीमा हुने भएको छ ।
कसौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहनु भएका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गर्नुभएको छ ।
सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
जाजरकोटको बारेकोट गाउँपालिका –१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण हालसम्म रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् ।
जाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा घरहरु भत्किएपछि कुखुराको खोरमा बस्दै
शनिबार राति ७ः४५ बजेतिर नदी छेउमा धाँजा फाटेको ठाउँमा खसेका पर्वतको फलेवास–३ का १९ वर्षीय सुदीप विकलाई प्रहरीले निकालेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका । तस्बिर : राजु लामिछाने