अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र अधिकांश समस्या समाधानतर्पm लागेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको उल्लेख गर्नुभयो ।
कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये तानसेन एक नगरपालिका हो । यो नेपालकै पुरानो नगरपालिका पनि हो । २००७ सालमै तानसेन नगरपालिका घोषित भएको थियो । तानसेनलाई ऐतिहासिक र पर्यटकीय नगरको रूपमा पनि लिने गरिन्छ । राणाकालअघि पनि पाल्पा पश्चिम नेपालको एउटा प्रमुख प्रशासनिक सहरका रूपमा रहे
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने जनाएको हो ।
दाङका चार स्थानीय तहले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले चाडपर्वसँगै कार्यक्रममा प्लास्टिकका फूलका मालालाई प्रयोग नगर्न आग्रह गरेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बु भाषा
बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीसले १२ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ ।
दक्षिणी इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी मारिएका सुनसरीको वराहक्षेत्र ११ मधुवनका २४ वर्षीय राजेश कुमार स्वर्णकारको भौतिक शरीरलाई शनिवार साँझ सप्तकोसी नदीमा अन्त्येष्टि गरिएको छ ।
दसैँको बिदा सकिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता लिने सेवाग्राहीको भिड बढेको छ । यसअघि दैनिक ३०/४० जनाले नागरिकता लिने गरेकोमा दसैँ बिदापछि दैनिक दुई सय जनाले नागरिकता लिइरहेका छन् । दसैँ बिदा सकिएको भोलिपल्ट आइतबारदेखि प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो ।
दसैँ सकिएलगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थालेका छन् । दसैँअघि प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुने प्याज अहिले १२० देखि १३० रुपियाँ पुगेको छ । सीमापारिको भारतीय बजार रक्सौलमा बढीमा ८० देखि ९० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको प्याज स्थानीय तस्करले वीरगन्जसम्म ल्याएर महँगोमा बेचिरहेका छन् ।
धनकुटा नगरपालिकाको सुकेपोखरीमा स्थानीय सोमबहादुर शाहीले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्नुभएको छ । उहाँले लगाएको फूल ढकमक्क फुलेको मात्र छैन, फुलेर सुक्नसमेत थालेको छ । गत वर्ष फूलबाट राम्रै आम्दानी लिनुभएका शाही यो वर्ष भने आधा पनि आम्दानी नहुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । खेतमा रहेको फूललाई तिहारसम्म राख्न सकिँदैन कि भन्ने चिन्ता पनि उहाँलाई छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तमा एक अर्ब २० करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९५ अर्ब ६२ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।
भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय खोज र उद्धारमा सक्रिय बनेको छ । नेपाली सेनाले मेडिकल टिमसहित तीन वटा बटालियन फौज परिचालन गरेको छ । नेपाली सेनाले घाइते र बिरामीको उद्धार तथा राहत सामग्री ढुवानीका लागि पाँच वटा हवाई साधन परिचालन गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेकाको खोज तथा उद्धारका लागि काठमाडौँ, सुर्खेत र नेपालगन्जमा नेपाली सेनाको खोज तथा उद्धार टोली र मिश्रित विपत् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।